पंसेरा दुर्घटनामा मृतकको पहिचान खुल्यो, घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार हुँदै { ३ फोटो }

बैतडी ।
बैतडीमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको लटिनाथका कृष्ण विष्ट रहेको प्रहरीले जनाएको छ । दार्चुलाको लटिनाथबाट गोकुलेश्वरका लागी छुटेको म १ ज २३३ नम्बर जीप बैतडीको डीलासैनी गाउँपालिका ३ रुइनेतमा दुर्घटना भएको हो ।
दुर्घटनामा सवार अन्य २ जना गम्भिर घाईते भएका छन् ।
त्यस्तै लटिनाथकै अकवर महरा, गोमती महरा र उनीहरुकी छोरी गिता सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दिर्घ बोगटीले बताए । यसैगरि भारतीय नागरिक मेरमान सिंह र सर्वण सिंह मुडली सामान्य घाईते भएका छन् ।
फोटोः भुपेन्द्र धामी/सुदूर समाचार