जेलमै अनसन बसेका टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरी अस्पताल भर्ना

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५, २०७४

कैलाली । जेलमै अनसन बसेका टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई अस्पत्ताल भर्ना गरिएको छ । छ दिनदेखि अनसनरत चौधरीलाई अस्पताल भर्ना गरिएको हो । चौधरीको स्वास्थ्यमा समस्या आएपछि शुक्रबार सेती अञ्चल अस्पताल भर्ना गरिएको हो । विश्राम कुश्मी, लक्ष्मण थारू, किसन चौधरी, रामप्रसाद चौधरी, संगम चौधरीको स्वास्थ्यमा पनि समस्या देखिएको जिल्ला कारागार कैलालीले जनाएको छ ।

टीकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुले तीनबुँदे माग राख्दै आइतबारदेखि अनसन थालेका थिए । उनीहरुले कैलाली १ का सांसद समते रहेका रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्यमा जितको प्रमाणपत्रसंगै शपथ ग्रहण गराउनुपर्ने, पुर्पक्षका लागि कारागारमा रहेका थुनुवाहरूलाई रिहा गर्नुपर्ने र थारुहटको माग सम्बोधन गर्नुपर्ने माग अघि सारेका छन् ।