बोक्सीको आरोपमा ‘शिवको भक्त’ बाबाद्धारा युवतीमाथि मरणासन्न हुनेगरी कुटपिट (भिडियोसहित)

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २५, २०७४

कैलाली । कैलालीमा एक युवतीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको छ । आफुलाई शिवको भक्त मान्दै आएका २२ वर्षीय वावा राम बहादुर चौधरीले २० वर्षीया युवति राधा चौधरीमाथि लगातार ६ घण्टासम्म कुटपिट गरेका हुन् । कैलालीको घोडाघाडी नगरपालिका ५ देउकलीकी चौधरीमाथि बाबा रामबहादुरसहितका केही गाउँलेले कुटपिट गरेका हुन् । बिहीबार देशभर अन्तर्राष्ट्रिय महिला दिवस मनाएपनि बोक्सीको आरोपमा राधामाथी कुटपिट गरिएको हो ।

पीडित राधाको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भईरहको छ । उनको पेट, छाती, टाउको, खुट्टा, घाटी, नाक, कान लगायत शरीरका धेरैजसो भागमा चोट लागेको छ । तर, कुटपिटमा संलग्नहरुलाई स्थानीय जनप्रतिनिधिले नै रातारात छुटाएर लगेका छन् । राधा सहित गाउँका ६/७ जना युवतीहरुमाथि राम बहादुरले कुटपिट गरेका थिए । अर्को रोचक कुरा त के भने उनीहरुमाथि कु्टपिट गर्दा गाउलेहरु रमिते बनेर हेरिरहेका थिए ।

कसरी भयो गाउँलेकै अगाडि कुटपिट ?
बिहीबार विहान राधा आफ्नो घरको आगन सफा गर्दै थिइन् । ५/७ जनाको समूह आयो र जबरजस्ती भोले बाबा ९रामबहादुर चौधरी० भएको ठाउँमा पुर्‍याए । रामबहादुरले ‘तँ बोक्सी भन्दै राधामाथि जाइलागे । त्यसपछि उनी लगातार कुटिइन् । उनले आफू बोक्सी नभएको भन्दै रोइकराई गरिन् । तर, न त बाबाले सुने न गाउँलेले रोके ।

विरामी भनिएकी पार्वती चौधरी पनि बाबासँगै राधामाथि जाइलागिन् । पार्वती कहिले राधाको कपाल लुच्छिन् त कहिले उनीमाथि मुड्की र लात्ति बर्साउँछिन् । राधा आफ्नो बचाउ गर्न सकिनन् । बाबा भनिने रामबहादुरले पनि उनीमाथि मुड्की बजारे । नागको शैली नक्कल गर्दै बाबाले भने, ‘बोल तो कोन हे रु’

निर्दयी बाबाले उनको ढाडमा मुड्की बर्जार्ने, लछारपछार गर्ने लगायतका अमानवीय गतिविधि गरिरहे । तर राधाले कुनै प्रतिकार गर्न सकिनन् । गाउँले समेत मुख दर्शक बने । ‘म बोक्सी होइन, मलाई नकुट्नुस् भन्दा त्यहाँ रमिता हेरेर बस्नेहरुका अगाडि मेरो शरीरको सम्बेदनशील अंग लगायत शरीरका अन्य भागमा निर्घाट प्रहार भैरहृयो राधाले रुँदै भनिन्, ‘मलाई नकुट भन्ने त्यहाँ कोही भएन ।’ घटनाबारे जानकारी आएपछि प्रहरी टोली गएर राधाको उद्दार गरिएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायब निरिक्षक दिनेश विष्टले जानकारी दिए ।

रामबहादुरसँगै जनप्रतिनिधिको ताण्डबः
लगातार ६ घण्टासम्म बोक्सीको आरोपमा कुटपिट हुँदा उद्धार गर्न प्रहरी टोली घटनास्थल पुग्यो । टोलीले युवतिको उद्धार र ताण्डब बाबालाई प्रहरी गर्‍यो । तर स्थानीयसँगै घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी, वडाअध्यक्ष प्रेम रोकाया र पीडित युवतीका बुवा जोखन चौधरी लगायतको रोहबरमा रामबहादुरलाई छोडिदियो ।

युवतीको उपचार खर्च दिने शर्तमा उनलाई छोडिएको थियो । तर पीडित युवतीले पछि प्रहरीमा उजुरी दिएपछि ताण्डब बाबालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ । उनीविरुद्ध सार्वजनिक अपराधको मुद्धा चलाइएको प्रहरी नायव निरिक्षक विष्टले बताए ।

बाबा बनेको ४५ दिनमै रामबहादुरले मच्चाए वितण्डाः
कुनै समयमा साइकलमा भारतीय बजारबाट समान ल्याएर घरघर डुली व्यापार गर्ने रामबहादुर आफूलाई दैवीशक्ति प्राप्त भएको भन्दै गाउँमै झारफुक गर्ने गरेका छन् । आफुलौ शिवको शक्ति प्राप्त भएको ४५ दिनमै रामबहादुरले गाउँका वितण्डा मच्चाउँदै आएका छन् । उनले गाउँका शक्तिको नामका युवतीहरुमाथि हातपात गर्ने, गोप्य अंगहरु छुने, महिलाहरुमाथि अंगालो मार्ने जस्ता गतिविधि गर्दै आएका छन् । स्थानीयहरु समेत उनलाई दैवीय शक्तिशाली मान्दै आएका छन् ।