टीकापुर घटनाका आरोपी रेशम वीर अस्पतालको २९० क्याविनमा

प्रकाशित मिति : आइतवार, फाल्गुन २७, २०७४

काठमाडौं । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीको स्वास्थ्य अवस्था गम्भीर भएपछि वीर अस्त्तालमा उपचार भईरहेको छ । टीकापुर हत्याकाण्डका मुख्य आरोपी मानिएका चौधरी कारागारमै रहेका बेला अनसनमा बसेका थिए । अनसनकै क्रममा उनको स्वास्थ्यमा गम्भीर समस्या आएपछि शनिवार काठमाडौं ल्याईएको थियो ।

काठमाडौंस्थित वीर अस्पतालको ईमर्जेन्सीमा भर्ना भएका उनलाई हिजो शनिवार बेलुका २९० नम्बर क्याविनमा राखिएको छ । चौधरीलाई भेट्नका लागि आफ्नो परिवार र आफन्तलाई मात्र दिइएको छ । सुरक्षा र आराम चाहिने भएकाले कसैलाई भेट्न नदिएको उनको सुरक्षामा खटेका असई रामदत्त जोसीले जानकारी दिए ।

असईको टोलीले सुरक्षा दिँदैः
चौधरीलाई सुरक्षा दिनका लागि असई रामदत्त जोसीको नेतृत्वमा दुई प्रहरी जवान रहेका छन् । बाहिर दुई प्रहरी जवान रहेका छन् । यसैगरी चौधरीसँग असई बस्दै आएका छन् ।

भेट्नलाई रोकः
आफूले सांसदमा जितेको हुनाले सपथ खुवाउनु पर्ने माग राख्दै अनसन बसेका चौधरीलाई भेट्न रोक लगाएको छ । स्वास्थ्यमा असर पर्ने भन्दै कसैलाई भेट्न नदिएको असई जोसीले बताए । उनले भने, ‘उनको स्वाथ्यमा असर पुग्ने भएकाले आफन्त र परिवारबाहेक कसैलाई भेट्न दिएको छैन ।’ असई जोसीले थपे, ‘अबको केही दिनमा अलि सुधार हुन्छ होला अनि भेट्न दिनेछौँ ।’