केपी ओलीको दुई तिहाई भित्र लुकेको रहस्य, संविधान संसोधनका लागि ओली तयार नै हुन त ?

प्रकाशित मिति : सोमवार, फाल्गुन २८, २०७४

एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन अगाडि साधारण बहुमत होइन, दुई तिहाई बहुमतको सरकारको उद्धघोष गरेका थिए ।

वम गठबन्धन बनाएर निर्वाचनमा होमिएका एमाले–माओवादी दुई तिहाई बहुमतको नजिक पुगे । तर दुई तिहाई सिट नै चाहिं हासिल गर्न सकेनन् । त्यसबेला ओलीले दुई तिहाई ल्याउँदैमा वाम गठबन्धनसँग घमण्ड र दम्भ केही नहुने पनि प्रष्ट पारेका थिए । ‘अरु दुई तिहाई आउँदा कसरी भूइँ न भाँडामा हुन्छन् तर हामी हुँदैनौं ओलीले भनेका थिए ।

प्रतिनिधिसभामा नेकपा एमालेको १२१, नेपाली कांग्रेसको ६३, माओवादी केन्द्रको ५३, राजपाको १६, संघीय समाजवादी फोरम नेपालको १६, राजमोको १, राप्रपाको १, नयाँ शक्तिको १, नेमकिपाको १र स्वतन्त्र १ रहेका छन् ।

चुनावी प्रतिस्पर्धापछिको पहिलो बलियो सरकारको नेतृत्व गर्ने अवसर पाएका छन्, ओलीले ।संसदमा मतविभाजन प्रक्रियाबाट गरिएको मतदानमा ओलीले ७५.६३ प्रतिशत मत पाएका हुन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ओलीका पक्षमा २ सय ८ मत परेको छ भने विपक्षमा जम्मा ६० मत परेको छ। नेपाली कांग्रेसकै ३ जना सांसद निर्वाचन प्रक्रियामा सामेल छैनन् ।

स्पष्ट बहुमत रहेको वाम गठबन्धनले फोरम र राजपालाई सरकारमा भित्र्याएर ओलीले गणितीय शक्तिको प्रदर्शनसंगै अन्तर्राष्ट्रिय जगत र विपक्षी ‘बेन्च’मा मनोबैज्ञानिक प्रहार गर्न खोजेको देखिन्छ ।

एमाले र माओवादी केन्द्रले पाँच बर्ष सरकार सञ्चालन गर्न सक्ने अवस्था रहेको छ । यी दुई दलसँग प्रतिनिधिसभाको दुई तिहाई नजिक अर्थात् ६३ दशमलव २७ प्रतिशत मत रहेकोछ । फोरम र राजपाले ओलीलाई विश्वासको मत दिएसंगै सरकार अव दुई तिहाईवाट तीन तिहाईको नजिक पुगेको छ ।

सरकार सञ्चालन गर्न सुरक्षित बहुमत हुँदा हुदै पनि संविधान संशोधनमा गर्ने मौखिक प्रतिवद्धता गरेर फोरम र राजपालाई सरकारमा स्वागत गर्न ओलीको उद्धेश्य गणितीय जोड–घटाउसँग मात्रै सीमित रहेको देखिदैन ।

संविधान संशोधनमा निरन्तरको इन्कारीका कारण तराई–मधेसका दलहरुसंग प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको कुरालाई ओली मद्येसवादी दलहरुलाई सरकामा सामेल गराएर विगतको तिक्ततालाई मेटाउने प्रयासमा ओली रहेका छन ।

प्रधानमन्त्री ओलीले मधेशवादी दलहरुलाई सरकारमा ल्याएर अनेक सन्देश दिन खोजेका छन् । दुईतिहाइको बलियो सरकार चलाएर आफ्नो बाटोमा आइपर्ने सबैखाले बाधालाई संवैधानिक रूपमै पन्छाउने योजनासहित ओली रहेको देखिन्छ ।

निर्वाचन अगाडि सरकार नेतृत्वको ‘सपना’ देखेको नेपाली कांग्रेसलाई झनै कमजोर प्रतिपक्षी बनाउन चाहान्छन् ओली । फोरमर राजपा समेत सत्तामा भित्राउँदा कांग्रेस मात्रैको विपक्षी आवाज निकै कमजोर हुने र आवश्यक पर्दा दुई तिहाई बहुमतको बलमा ‘पेल्न’ परे त्यसका लागी प्रयोग गर्ने र दुई तिहाई देखाएर सबैलाई सतर्क रहन मनोवैज्ञानीक दवाव सृजना गर्ने ओलीको दाउ रहेको देखिन्छ ।

Kendrabindu