बिहे गर्न नमान्दा कञ्चनपुरमा एक महिलाको अनुहारमाथि तातो घ्यू फाल्दै आक्रमण

प्रकाशित मिति : बुधबार, फाल्गुन ३०, २०७४

कञ्चनपुर । बिहे प्रस्ताव अस्वीकार गरेको भन्दै कञ्चनपुरमा एक युवतीमाथि आक्रमण भएको छ । कञ्चनपुरको भिनपा ५ की २४ वर्षीया रोसनी चन्दामाथि आक्रमण भएको हो । उनीमाथि आक्रमण गर्ने भिनपा १० गड्डाचौकीका २७ वर्षीय राकेश चन्द फरार भएका छन् । राकेशले रोशनीमाथि कुटपिट गर्नुका साथै तातो घ्यू अनुहारभर फालेका थिए ।

तातो घ्यु फाल्दा उनको अनुहार पुरै खराव भएको छ । उनलाई थप उपचारको लागि कैलालीको गेटा आँखा अस्पत्तला रिफर गरिएको कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले जानकारी दिए ।

आक्रमण गर्ने राकेश फरार रहेको र खोजी कार्य भईरहेको प्रहरी प्रमुख बिष्टले बताए । उनी भारततर्फ भागेको सूचना पाईएकोले भारतीय प्रहरीसँगको समन्वयमा खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

रोशनी र घर परिवारले विहे गर्न नमान्दा आवेगमा आएर रोशनले आक्रमण गरेका हुन् । रोशनको घरमा अर्को विहे समेत रहेको बुझिएको छ । एक आपसमा नाता पर्ने भएकाले पनि रोशनीका आमाले विहेका प्रस्ताव अस्वीकार गरेकी थिईन् ।