३४ औ वार्डेन सेमिनार अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलामा शुरु

प्रकाशित मिति : बुधबार, फाल्गुन ३०, २०७४

लोकेन्द्र प्रशाद जोशी, दार्चुला ।

३४ औ वार्डेन सेमिनार तथ १६ औ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक पहिलोपटक दार्चुला जिल्ला सदरमुकाम खलंगामा शुरु भएको छ । २०६७ सालमा स्थापना भएको देशकै सबै भन्दा कान्छो संरक्षण क्षेत्रका रुपमा रहेको अपि नाम्पा संरक्षण क्षेत्र दार्चुलामा वार्डेन सम्मेलन बुधबारदेखी शुरु भएको हो ।

मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण तथा व्यवस्थापनका लागि भावी कार्यदिशा भन्ने मूल नाराका साथ राष्टिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागको आयोजनामा हुन लागेको वार्डेन सेमिनार चैत्र २ गतेसम्म सञ्चालन हुने बिभागले जनाएको छ ।

सम्मेलनमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्राइको अध्यक्षतामा उद्घाटन भएको वार्डेन सम्मेलनमा जिल्ला समन्वय समितिका प्रमुख करबिर बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै प्रदेश नम्बर ७ को बन, वातावरण, उद्योग तथा पर्यटन मन्त्रालयका सचिब सुधिर कुमार कोइराला, महाकाली नगरपालीकाका नगरप्रमुख हंशराज भट्ट, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, बिभागका कर्मचारीहरु, नेपाली सेनाका ८ ओटा गणका गुल्मपतिहरु, २० ओटै संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत र संरक्षण अधिकृतहरु, मद्यवर्ती क्षेत्र ब्यबस्थापनका अध्यक्षहरु, साझेदार संस्थाका प्रमुख एब. प्रतिनिधिहरु लगायत सरोकारवालाहरुको सम्मेलनमा सहभागिता रहेको छ ।

सम्मेलनले गतबर्ष भएका कामहरुको समिक्षा गर्दै, संरक्षणको भावी कार्य दिशा तयार गर्ने तथा संरक्षण क्षेत्रको भौगोलिक अवस्थाबारे जानकारी आदान प्रदान गर्ने उदेश्य लिएको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्राइले जानकारी दिनुभयो ।

गत वर्षको मकालु बरुण राष्ट्यि निकुञ्जको ३३ औं वार्डेन सेमिनार तथा १५ औं मध्यवर्ती क्षेत्र ब्यबस्थापन समितिको बैठकले निर्णय गरेअनुसार ३४ औ वार्डेन सेमिनार दार्चुलामा सञ्चालन गरीएको समेत उहाले बताउँनुभयो । दिउँसो ३ बजेदेखी प्राबिधिक एब. बन्द सत्र सञ्चालन गरेर भाबि कार्यदिशाबारे संरक्षणकर्मीहरुका बिचमा छलफल भइरहेको छ ।

सम्मेलनको उद्घाटन सत्रमा शुभकामना मन्तब्य राख्ने अधिकासं बक्ताहरुले साबिकका २१ गाबिस समेटेर निमार्ण भएको अपिनाम्पा संरक्षण क्षेत्रले जनताको हितमा काम गर्न नसकेको भन्दै गुनासो गरेका छन । जनताले संरक्षण गरेबाफत प्रतिफल नपाएको बरु अपिनाम्पा कार्यालयले निहित स्वार्थको आधारमा कार्यक्रम सञ्चालन र बजेट खर्च गर्ने गरेको जनप्रतिनिधिहरुले आरोप लगाएका छन ।

जिल्लाका पाचँओटा गाउँपालीका र महाकाली नगरपालीकाको २ ओटा ओडामा फैलीएको अपिनाम्पा संरक्षण क्षेत्र सञ्चालन नियमावलि जनताको हित हुनेगरी निमार्ण गरीनुपर्नेमा जोड दिइएको हो ।

साथै नेपालको संबिधानले परिकल्पना गरेअनुसार संघिय संरचनाअनुसार स्थानिय तह कार्यान्वयनमा आइसकेको अवस्थामा समेत अपिनाम्पा संरक्षण क्षेत्रले कुनै प्रकारको समन्वय नगरेको गर्न नचाहेको जनप्रतिनिधिहरुको गुनासो रहेको छ । बिभागको उपमहानिर्देशक भट्राइले जनप्रतिनिधिहरुको सुझाब र गुनासो पश्चात आबश्यकताका आधारमा एैन संसोधन गरेर जान सकिने संकेत गर्नुभएको छ ।