कञ्चनपुरकी चेली बिना मगर खानेपानी मन्त्री

प्रकाशित मिति : शुक्रबार, चैत्र २, २०७४

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीमण्डल विस्तार भएको छ । माओवादी केन्द्रबाट ५ जनाको नाम सिफरिस भएको छ । ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट बिना मगरले खानेपानी मन्त्रीको जिम्मेवारी पाउने भएकी छिन् ।

प्रचण्डकी बुहारी समेत रहेकी मगर कञ्चनपुर १ बाट निर्वाचित सांसद हुन् । त्यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन उर्जा तथा जलस्रोतमन्त्री बनेका छन् । उनी यसअघि अर्थमन्त्री भइसकेका थिए ।

गिरिराजमणि पोखरेल शिक्षा मन्त्री बन्दा शक्ति बस्नेतलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ । पोखरेल यसअघि शिक्षा र स्वास्थ्य मन्त्री भइसकेका नेता हुन् भने बस्नेत पूर्वगृहमन्त्री हुन् ।

यसैगरी चक्रपाणि खनाल कृषि तथा शहकारी मन्त्री बनेका छन् ।