लेकमका उपभोक्ता समितिलाइ प्रशिक्षण

प्रकाशित मिति : आइतवार, पुस २९, २०७५

सुदूर समाचार, दार्चुला ।
लेकम गाउँपालिकाका प्रतेक वडामा गठित उपभोक्ता समिति पदाधीकारीहरुको क्षमता अभिबृद्धि गर्नका लागि प्रशिक्षण एबं अभिमुखीकरण तालिम सञ्चालन भइरहेको छ । प्रशासनिक प्रकृर्या, डोर हाजिरि, लेखा लगायत बिबिध बिषयमा उपभोक्ता समिति पदाधिकारीहरुलाइ पुर्व जानकारी गराउँने उदेश्यले अभिमुखीकरण तालिम सञ्चालन भइरहेको गाउँपालिका उपाध्यक्ष माधबि जोशीले जानकारी दिनुभयो ।

शुक्रबार लेकम गाउँपालिकाको वडा नम्बर १ सर्मोलीमा एक दिने प्रशिक्षण तालिम सम्पन्न भएको थियो । शनिबार वडा नम्बर २ कुणी, वडा नम्बर ४ खरकडा र वडा नम्बर ६ उचाकोटमा प्रशिक्षण तालिम एबं अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । यस्तै आइतबार वडा नम्बर ३ लाली र वडा नम्बर ५ रिठाचौपातामा तालिम सञ्चालन हुने उपाध्यक्ष जोशीले बताउँनुभयो ।

उपभोक्ता समिति पदाधिकारीहरुलाइ आफ्नो काम बारे दक्ष बनाउँदै योजनालाइ सहि प्रकृर्या अनुसार सहि समयमा सम्पन्न गराउँन योजना शुरु हुने चरणमा नै प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउँनुभयो । अभिमुखीकरण तालिममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत सहित प्रशासन र लेखा शाखाका कर्मचारीहरुले प्रशिक्षण गरिरहेका छन् । बिशेषगरी प्रशासनिक र लेखा शाखाका कर्मचारीहरुले योजना सञ्चालनको प्रकृर्याका बारेमा जानकारी गराइरहेको उहाँले बताउँनुभयो ।