कञ्चनपुरमा एक महिलाको हत्या ! स्कुल परिसरमा शव भेटियो

प्रकाशित मिति : मङ्लबार, माघ २२, २०७५

भीमदत्तनगर । पछिल्लो समय देशका विभिन्न स्थानमा हत्या हिंसा र बलात्कारका घटनाहरु बढिरहेका छन् । झन प्रदेश नम्बर ७ मा केही महिनाको अवधिमा धेरै यस्ता घटना घटेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा अहिले सम्म पीडितहरुले न्याय पाउन सकेका छैनन् ।

यसैबीच कञ्चनपुरमा एक फेरी एक महिलाको शव भेटिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–९ स्थित मंगल प्रावि परिसरमा मंगलवार बिहान १ महिलाको शव भेटिएको हो ।

आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान हुन नसकेको ४५–५० वर्षीया महिलाको शव भेटिएको ईलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।