पञ्चेश्वर गाउँपालिका अध्यक्ष चन्दमाथि हातपात

प्रकाशित मिति : मङ्लबार, चैत्र १९, २०७५

दार्चुला । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि मंगलबार हातपात भएको छ ।
रोडीदेवलदेखि गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका बिषयमा छलफल गरेर कुलाउँ फर्कने क्रममा बीच जंगलको बाटोमा अध्यक्ष चन्दमाथि हातपात भएको हो ।
प्रहरी घटनास्थलमा पुग्दासम्म अध्यक्ष चन्दमाथि आक्रमण गर्ने समूह भागिसकेको थियो ।

घटनाबारे अनुसन्धान भइरहेको र हातपात गर्ने समुहको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।