बाढी र पहिरोमा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो, १२ जना घाइते

प्रकाशित मिति : शनिबार, असार २८, २०७६

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । १६ जिल्लामा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या ३२ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार खोटाङमा तीन, इलाम, झापा र ओखलढुङ्गामा एक÷एक जनाले ज्यान गुमाएका छन् । भोजपुरमा तीन जनाको मृत्यु भएको छ ।

सुनसरी, पर्सा र बारामा एकरएक जनाले ज्यान गुमाएका छन् भने काभ्रेमा तीन जनाको मृत्यु भएको छ । रामेछापमा एक जनाले ज्यान गुमाउँदा सिन्धुली, धादिङमा दुईरदुई जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । मकवानपुरमा तीन जनाको मृत्यु भएको छ ।

चितवनमा एक जनको ज्यान भएको छ भने काठमाडौंमा तीन र सबैभन्दा धेरै ललितपुरमा बाढी र पहिरोमा पनि पाँच जनाको ज्यान गएको छ ।

खोटाङमा एक, सुनसरीमा एक, काभ्रेमा दुई, रामेछापमा एक, कमवानपुरमा चार र धादिङ, चितवन र दोलखामा एकरएक जना गरि जम्मा १२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार १७ जना बेपत्ता भएका छन् । पाँचाथर र झापामा एकरएक जना वेपत्ता भएका छन् भने भोजपुरमा दुई जना बेपत्ता भएका छन् । मोरङ, सुनसरी, उदयपुर र पर्सामा एकरएक जना बेपत्ता भएका छन् । सिन्धुलीमा चार जना बेपत्ता हुँदा धादिङ, काठमाडौं र लिलितपुरमा एकरएक जना बेपत्ता भएका छन् ।

प्रहरीले खोटाङ र सुनसरीमा एकरएक र उदयपुरमा १० जनाको उद्धार गरेको जनाएको छ । महोत्तरीमा ५०० र रौतहटमा २०० जनाको उद्धार गरेको छ ।

सिरहामा दुई र सिन्धुलीमा ७० जनाको उद्धार गरेको प्रहरीले कमवानपुरमा एक तथा काठमाडौंमा ४२ ललितपुरबाट तीन र भक्तपुरबाट एक जनाको उद्धार गरेको छ । देशभरबाट जम्मा ८३१ जनाको उद्धार गरेको प्रहरीको भनाइ छ ।

बाढी र पहिरो प्रभावितको उद्धार तथा राहत वितरणमा २७ हजार ८३० प्रहरी परिचालन गरिएको छ ।