नेपाल-भारत जोड्ने लाली-डौँडा पुल उद्घाटन (फाेटाेफिचर)

प्रकाशित मिति : शुक्रबार, साउन १७, २०७६

दार्चुला । नेपाल सरकारको तुइन विस्थापन कार्यक्रम अन्तरगत महाकाली नदीमाथि बनेको लाली¬­डौडा झोलुगें पुल निर्माण सम्पन्न भएको आठ महिनापछि सञ्चालनमा आएको छ ।
तुइन तथा ट्युवको जोखीम नियन्त्रण गर्न नेपाल सरकारका प्रधानमन्त्री केपी सर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुदा देशभरका तुइन विस्थापन गरेर झोलुगें पुल निर्माण गर्ने योजना अनुसार लेकम गाउँपालिका वडा नम्बर ३ लालीमा गतबर्ष झोलुगें पुल निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भएको पुल सञ्चालनमा आएपछि लेकमको लाली र भारतको डौडा क्षेत्रका स्थानीय संगै लेकम गाउँपालिकाका र मालिकार्जुन गाउँपालिकाका दर्जनौ बस्तीका स्थानीय पुलबाट नियमित ओहोरदोहोर गर्न पाउँने भएका छन् ।


झोलुगें पुलको शुक्रबार उत्तराखण्ड भारतका विधायक बिसनसिह चुफालले उद्घाटन गर्नुभएको छ । लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीको अध्यक्षतामा सञ्चालन भएको नेपाल भारत जोड्ने लाली¬डौडा पुल उद्घाटन समारोहमा उत्तराखण्डका सासंद बिसन सिह चुफाल प्रमुख अतिथि रहनुभएको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबिर बहादुर कार्की, भारतका पिथौरागढ जिल्ला अधिकारी बिजय कुमार जोगदन्डे, दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्ट, लेकम गाउँपालिका उपाध्यक्ष माधबी जोशी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको आतिथ्यता रहेको थियो ।


पुल उद्घाटन समारोहका प्रमुख अतिथि बिसन सिह चुफालले भन्नुभयो, रोटी¬बेटीको सम्बन्ध रहेको नेपाल भारतका स्थानीयको सामाजिक, आर्थिक, सास्कृतिक सम्बन्धलाइ बलियो बनाउँन र स्थानीयको दैनिक यात्रालाइ सहज बनाउँन पुलले सहयोग गर्नेछ । जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबिर बहादुर कार्कीले पुलमा नियमित चेकजाचँ र स्थानीयलाइ सहज आवागमनको व्यवस्था मिलाउन सुरक्षा प्रशासनलाइ आग्रह गर्नुभयो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले नेपाल भारत सीमा नदीमा अहिलेसम्म ५ ओटा पुल निर्माण सम्पन्न भइसकेको जानकारी गराउँदै नेपाल सरकारको तुइन विस्थापन कार्यक्रम अन्तरगत थप चार ठाउँमा पुल निर्माणको लागि टेण्डरको तयारी भइरहेको बताउँनुभयो । लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले स्थानीयको माग र विभिन्न व्याक्त्ति, निकाय र दार्चुलाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सासंदहरुको निरन्तरको पहलबाट पुल सञ्चालन भएको बताउँदै निकट भविस्यमा भन्सारको स्थापना गर्न नेपाल सरकारसंग माग गर्ने प्रतिबद्धता जनाउँनुभयो ।


नेपालको लालीसम्म सडक पहुँच नभएकाले यो पुल भएर सहजै भारतीय बजारसम्म पुगिने र दैनिक उपभोग्य समानका साथै अन्य आवश्यक वस्तु ल्याउन सकिने हुँदा स्थानीयले फाइदा पाउँने छन् । पाचँ दशक लामो आश्वासनपछि लेकममा पुल बनेर सञ्चालनमा आउदा स्थानीय निकै खुसी भएको स्थानीय शेरबहादुर बिष्टले बताउँनुभयो ।
पुल उद्घाटन भएसंगै पुलकै मुनीबाट उर्लदो महाकालीको भेलसंगै स्थानीयले ट्युबको जोखीमपुर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । बिरामीहरुलाइ ज्यानमारा ट्युवको साहारामा भारतीय अस्पतालसम्म पुर्याउनुपर्ने बाध्यता रहदै आएकोमा पुल सञ्चालनपछि सहज भएको स्थानीय तारासिह भण्डारीले बताउँनुभयो ।
तुइन विस्थापित गर्ने कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न गरिएको लेकम गाउँपालिकालको लाली र भारत पिथौरागढको डौडा जोड्ने पुल निर्माणका लागि शुरुमा नेपाल सरकारले एक करोड ३२ लाख विनियोजन गरेको थियो । भारतीय पक्षको माग अनुसार पुलको छेउको बाटो, शैचालय, सुरक्षा पोष्ट निर्माणामा लेकम गाउँपालिकबाट सात लाख ७७ हजार रुपैयाँ थप खर्च भएको छ । लेकम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मराज उपाध्यायले सञ्चालन गर्नुभएकाे उद्घाटन समाराेहमा वडा नम्बर ४ का वडाअध्यक्ष महेन्द्रराज जाेशीले स्वागत मन्तब्य राख्नुभएकाे थियाे । उक्त कार्यक्रममा स्थानीयकाे उल्लेख्य सहभागिता रहेकाे थियाे ।