अपीहिमालको सबै वडामा प्रस्तुती केन्द्र विस्तार

प्रकाशित मिति : मङ्लबार, भदौ ३, २०७६

दार्चुला । अपी हिमाल गाउँपालिकाको सबै वडामा प्रसुती केन्द्र विस्तार गरिएको छ । आइतबार वडा नम्बर ३ मा प्रसुती केन्द्रको उद्घाटन भएसंगै दार्चुलाको विकट गाउँपालिका अपी हिमाल गाउँपालिकाका ६ ओटै वडामा प्रसुती सेवा विस्तार भएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक प्रमानन्द सिह ठगुन्नाले जानकारी दिनुभयो ।
भगौलिक रुपमा विकट रहेको वडा नम्बर ३ पाथामा वडा अध्यक्ष समुद्रसिह कार्कीको अध्यक्षता र गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालको प्रमुख आतिथ्यतामा एक औपचारीक कार्यक्रमको आयोजना गरि प्रसुती केन्द्र उद्घाटन गरिएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण सिह धामीको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन खण्डेश्वरी माबि क्षत्तीका शिक्षक मदनराज जोशीले गर्नुभएको थियो ।
गाउँपालिकाको प्रतेक वडामा प्रसुती केन्द्र स्थापना भएसंगै सुत्केरी हुदा महिलाहरुले भोग्नुपरेको समस्या न्यूनिकरण हुने विस्वास व्यक्त गर्दै सुरक्षित प्रसुती सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । अगामी दिनमा गाउँपालिकाबासीको स्वास्थ्य समस्यालाइ मध्यनजर गर्दै स्वास्थ्यसेवालाइ थप प्रभावकारी र सर्वसुलभ बनाउँन प्रयास गर्ने गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालको भनाइ छ ।
गाउँमै प्रसुती सेवा पाइने भएपछि स्थानीयबासी हर्षीत भएका छन् ।