तिन बर्षदेखी जिलेटिन अभाबमा तिकंर सडक अलपत्र

यो खवर सबैसम्म पुर्‍याउन शेयर गर्नुहोस्
  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

जेठ ३१, दार्चुला ।
दार्चुला तिंकर सडकले गत जेठ २२ गते जिल्ला प्रशासन कार्यालयमा सात दिनभित्र १० टन विष्फोटक पदार्थ पुग्ने प्रतिबद्धता गरेपनि प्रतिबद्धता गरेको नबौ दिनमा समेत विष्फोटक पदार्थ पुगेको छैन् । ठेक्का लिएर काममा लापरवाही गर्ने कार्यालयलाई बोलाएर प्रमुख जिल्ला जिल्ला अधिकारी खुमकान्त आचार्यले प्रतिबद्धता गराएका थिए ।
बिस्फोटक पदार्थ अभावमा तीन बर्षदेखी दार्चुला तिंकर सडक निर्माणको काम अलपत्र छ । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा एक साताभित्रै बिस्पोटक पदार्थ जिल्लामा पुगेर काम हुने दार्चुला तिंकर सडक योजनाका इन्जिनियर दिनेश रैखोलाले जिल्ला प्रशासनमा प्रतिबद्धता जनाएका थिए । बझाङ जिल्लामा निर्माणाधीन कालङगाड जलविद्युत आयोजनाबाट १० मेट्रिक टन विस्फोटक पदार्थ सापटी लिन लागिएको बताए पनि हालसम्म बिष्पोटक पदार्थ कहिले पुग्ने निश्चित भएको छैन ।


भारतबाट बिष्पोटक पदार्थ बझाङ आएपछि मात्रै बझाङबाट दार्चुला ल्याउँन सकिने भएकोले अझै झन्डै दुइ हप्ता समय जिलेटिनको पर्खाइमा बित्ने श्रोतको बताएको छ । भारतबाट बिष्पोटक पदार्थ खरीद गरेर सिमासम्म आउँनेक्रममा रहेको भन्दै केहि दिनमै बझाङ बिष्पोटक पदार्थ पुग्ने जानकारी प्राप्त भएको दार्चुला तिकंर सडक योजनाका प्रमुख रामचन्द्र शाहले बताउँनुभयो । अरु सबै प्रकृर्या पुरा भइसकेकोले बझाङ जिलेटिन पुगेपछि दार्चुलाबाट कर्मचारी पठाएर नेपाली सेनासंगको समन्वयमा केहि दिनमै जिलेटिन दार्चुला ल्याउँने तयारी भइरहेको शाहको भनाइ छ ।
त्रिदेशीय सीमाक्षेत्रमा जोडिने दार्चुला तिंकर सडक निर्माणको काम तीन वर्षदेखि नेपाली सेनाले सम्झौताअनुसार विस्फोटक पदार्थ उपलब्ध गराउन नसक्दा ठप्प जस्तै भएको छ । नेपाली सेनासँग सम्झौता भए अनुसारको विस्फोटक पदार्थ उपलब्ध गराइदिन पटक पटक पत्राचार गरेपनि आबश्यकता अनुसार जिलेटिन नपाएको दार्चुला तिकंर सडक योजनाले जनाउँदै आएको छ । नेपाली सेनाले दार्चुला तिंकर सडक योजना निर्माणका लागि २० मेट्रिक टन विस्फोटक पदार्थ उपलब्ध गराउने सम्झौता गरेपनि हालसम्म एक चौथाई अर्थात ५ दशमलव ७ मेट्रिक टन जिलेटिन मात्रै उपलब्ध गराएको योजनाले जनाएको छ । सम्झौताअनुसारको विस्फोटक पदार्थ प्राप्त गर्नका लागि सडक योजनाले १० मेट्रिक टन जिलेटिनको मूल्य समेत सेनालाई भुक्तानी गरिसकेको छ । तर १० मेट्रिक टन जिलेटिनको भुक्तानी पाएको नेपाली सेनाले सडक योजनालाई ५ दशमलव ७ मेट्रिक टन मात्रै विस्फोटक पदार्थ दिएको हो ।
कडा चट्टानी भूबनोटका कारण तिंकर सडक निर्माणमा विस्फोटक पदार्थ प्रयोग गर्नुको विकल्प छैन । नेपाली सेनाले उत्पादन कम भएकाले विस्फोटक पदार्थ उपलब्ध गराउन नसकिने जानकारी दिएपछि सडक योजनालाइ काम गर्न झनै समस्या भएको छ ।


दार्चुला सदरमुकामदेखि १ सय ३० किलोमिटर अगाडि चीनको सिमाना जोडिने तिंकरसम्म सडक निर्माण गर्ने नेपाल सरकारको लक्ष्य छ । हालसम्म खलंगादेखि राप्लाको घाटिबगडसम्मको ६० किलोमिटर क्षेत्रमा टेण्डर खोली सडक निर्माणको सम्झौता भएको योजना प्रमुख रामचन्द्र साहले बताए । सुन्सेरासम्मको करिब ४० किलोमिटर लामो सडकको ट्रयाक खोलिने क्रममा भएपनि बिस्पोटक पदार्थ अभाबमा निमार्णकार्य प्रभाबित भएको उहाँको भनाइ छ । खलंगादेखि पिपलचौरीसम्मको क्षेत्रमा ट्रयाक खोलिएको भएपनि राताकाठा भीरमा साघुरो, भिरालो जोखीमपुर्ण सडक भएका राम नाम जप्दै यातायात सञ्चालन हुने गरेका छन् ।
सडक विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत गृह मन्त्रालय, रक्षा मन्त्रालय र नेपाली सेनासंग जिलेटिनको ब्यबस्थापनकालागी पत्राचार गरेको थियो । नेपाली सेना र रक्षा मन्त्रालयको सहमतिमा गृह मन्त्रालयबाट यसबारे स्वीकृति प्राप्त भइसकेकोले सेनासंगको समन्वयमा जिलेटिन केहि दिनभित्रै आउँने दार्चुला तिंकर सडक योजना प्रमुख साहले बताए ।
बिगतदेखी बिष्पोटक पदार्थ अभाबमा हुन नसकेको काम छोटो समयमै तिब्रताकासाथ गर्ने गराउँने योजनामा सडक कार्यालय छ । तर बर्खायाम शुरु हुनै लागेको कारण काममा अवरोध शृजना हुनसक्ने सम्भाबनापनि छ । बिष्पोटक पदार्थ प्राप्त भएपछि खलंगादेखी राताकाठा सडकमा ग्रेडीङ मिलाउँने र ठेक्का भएको स्थानमा ट्रयाक खोल्ने काम तिब्रताकासाथ संगसंगै अगाडी बढाउँने आयोजना प्रमुख शाहले बताए ।


यो खवर सबैसम्म पुर्‍याउन शेयर गर्नुहोस्
  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares
  •  
    38
    Shares
  • 38
  •  
  •  
  •  
  •  
  •  
  •   
  •   
  •  

प्रतिक्रिया तल लेख्नुहोस्

Be the first to comment on "तिन बर्षदेखी जिलेटिन अभाबमा तिकंर सडक अलपत्र"

Leave a comment

Your email address will not be published.


*