प्रहरी सुधार गर्न २१ बुद्धे आचारसंहिता जारी, ड्युटीको बेला मोवाइल चलाउन नपाइने

यो खवर सबैसम्म पुर्‍याउन शेयर गर्नुहोस्
  • 374
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    374
    Shares

जेठ ३१, दार्चुला ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लामा कार्यरत प्रहरी सुधार गर्ने भन्दै २१ बुद्धे आचारसंहिता जारी गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज अधिकारीद्धारा प्रकाशित निर्देशनात्मक २१ बुदे आचारसंहिता मातहतका सबै प्रहरीले अनिवार्य रुपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।
यो आचारसंहिता लागू भएपछि प्रहरीले ड्युटीको बेला सामाजिक सञ्जालमा नेट चलाउन, तथा गीत भिडियो सुन्न तथा हेर्न नपाइने भएको छ । ड्युटीमा खटिदा ध्यान अन्यत्र जाँदा कार्य सम्पादनमा असर पर्ने भन्दै आचारसंहिता कडाईका साथ कार्यान्वयन गरिने डिएसपी अधिकारीले बताए । यसैगरी मादक पदार्थ सेवन गर्न नपाइने, अत्यधिक मदिरा सेवन गरेको, अशक्त, घाइते तथा मानसिक स्थिति ठिक नभएको व्यक्तिलाई प्रहरीले नियन्त्रणमा नलिने र हिरासतमा समेत नल्याउने भएको छ । यस्ता व्यक्ति फेला परेमा प्रहरीले अस्पतालसम्म पुर्याएर अभिभावकको रहोबरमा भने लगाउन सक्ने डिएसपी अधिकारीले जानकारी दिए ।


महिला बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित मुद्धाहरुलाइ प्राथमिकताका साथ कानुनी कार्वाही अघि बढाउने उल्लेख गरिएको छ । संविधान र कानुनले दिए बमोजिम महिला, बालबालिका र जेष्ठ नागरिकको मुद्धामा कुनै सम्झौता नहुने भनिएको छ । महिलामाथि हुने अभ्रद व्यवहार, जबरजस्तीकरणी, महिला हिंसा, तथा बालबालिका हिंसाका घट्नामा कुनै सम्झौता नहुने उहाँको भनाइ छ ।
अनुसन्धानमा आएका मुद्धामा पक्षपात र नातागोता हेरिनेछैन् । प्रहरीमा हुने आर्थिक मामिलामा शुन्य सहनशिलताको सिद्धान्त लागू गरिने उल्लेख छ नागरिक सचेतनाको लागि टोल टोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । कानुन विपरित काम गर्ने व्यक्ति प्रहरीदेख्ने वित्तिकै डर्ने नीति कायम गरिने उल्लेख गरीएको छ ।
प्रहरी महानिरीक्षकबाट भएको निर्देशन अनुसार प्रहरी संगठनलाई नमूना संगठन बनाउन विशेष नीति कार्यान्वयन गरिने प्रहरीले जनाएको छ ।


यो खवर सबैसम्म पुर्‍याउन शेयर गर्नुहोस्
  • 374
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    374
    Shares
  •  
    374
    Shares
  • 374
  •  
  •  
  •  
  •  
  •  
  •   
  •   
  •  

प्रतिक्रिया तल लेख्नुहोस्

Be the first to comment on "प्रहरी सुधार गर्न २१ बुद्धे आचारसंहिता जारी, ड्युटीको बेला मोवाइल चलाउन नपाइने"

Leave a comment

Your email address will not be published.


*