डडेल्धुराबाट मारेको रतुवा र हतियारसहित एक पक्राउ

यो खवर सबैसम्म पुर्‍याउन शेयर गर्नुहोस्
  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

३१ जेठ, डडेल्धुरा ।

अवैध भरुवा बन्दुक र मारेको रतुवासहित पक्राउ परेका एक व्यक्तिलाई डडेल्धुरा प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले पत्रकार बिहीबार पत्रकार सम्मेलन गरी अजयमेरु गाउँपालिका–३, गुनपालका ५२ वर्षीय राजबहादुर चन्दलाई सार्वजनिक गरेको हो ।

रानी वन गुनपालमा रतुवा मारी बोकेर घर लैजाँदै गरेको अवस्थामा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । प्रहरीले चन्दबाट मरेको रतुवा, १ थान बन्दुक, एक थान खुकुरी, ६ वटा गोली र ११० ग्राम बारुद बरामद गरेको छ ।

पक्राउ परेका चन्दलाई हातहतियार तथा खरखजना ऐन, २०१९ अन्तर्गत कारबाही हुने र वन्यजन्तु मारेवापत वन्यजन्तु संरक्षण ऐन, २०२९ कारवाही हुने प्रहरीले बताएको छ ।

प्रहरीले मारेको रतुवा बिहीबार नै जिल्ला वन कार्यालय, डडेल्धुरालाई हस्तान्तरण गरेको छ । – अनलाइनखबरबाट

प्रतिक्रिया तल लेख्नुहोस्

Be the first to comment on "डडेल्धुराबाट मारेको रतुवा र हतियारसहित एक पक्राउ"

Leave a comment

Your email address will not be published.


*