डोटीमा एक योजना पनि नपर्दा सांसद् प्रेम आले खेलकुदमन्त्री प्रति फायर भने, ‘तपाईलाई लाज लाग्दैन्’

यो खवर सबैसम्म पुर्‍याउन शेयर गर्नुहोस्
  • 58
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    58
    Shares

काठमाडौं, ३१ जेठ । डोटीका सांसद् प्रेम आलेले आफ्नो क्षेत्रका योजना कटौती गरिएको प्रति मन्त्रीमाथि नै आक्रोश व्यक्त गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका सांसद् आलेले डोटीमा ७ वटा योजना दिएको तर मन्त्रीले सबै योजना कटौती गरेको भन्दै खेलकुद् मन्त्रीको आलोचना गरेका हुन् ।

विषयगत मन्त्रालयको छलफलका क्रममा सांसद आलेले खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माको आलोचना गरेका हुन् । डोटीका लागि सुरुमा सात वटा आयोजना दिएको तर, मन्त्रीले नै भनेर २ मा झारेको सुनाए । तर, बजेटमा एउटा पनि नपरेको गुनासो पोखे । खेलकुदमन्त्रीलाई प्रश्न गर्दै भने, ‘डोटीमा योजना नपर्दा अर्थमन्त्रीलाई दोष दिने । आफ्नो जिल्ला कास्कीमा २४र२४ वटा योजना हाल्ने ? लाज लाग्दैन तपाईलाई ?’

आफ्नो टाउकोमा देखाउँदै उनले चेतावनीपूर्ण शैलीमा मन्त्रीलाई भने, ‘यस्तै यस्तै टाउको गनेर तपाईहरु पदमा बस्नु भएको छ, जनताले हामीलाई निर्वाचित गरेको हुनाले तपाईले त्यो पद प्राप्त गर्नु भएको छ । त्यो हेक्का राख्नुस् ।’

धनगढीलाई क्षेत्रीय विमानस्थल बनाउन योजना नआएको भन्दै उनले आक्रोस पोखे । विमानस्थल स्तरोन्नतीका लागि प्रधानमन्त्री, अर्थमन्त्री, पर्यटन मन्त्रीलाई आग्रह गरेको र सबैले हुन्छ भनेको तर एक कानले सुन्ने अर्कोले उडाउने गरेको आरोप लगाए । कर्णालीमा परेको ५७ मध्ये ४४ वटा योजना डोल्पामा मात्र लगिएको भन्दै उनले भने, कर्णालीको नाममा जमिनदारी भएको छ ।’


यो खवर सबैसम्म पुर्‍याउन शेयर गर्नुहोस्
  • 58
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    58
    Shares
  •  
    58
    Shares
  • 58
  •  
  •  
  •  
  •  
  •  
  •   
  •   
  •  

प्रतिक्रिया तल लेख्नुहोस्

Be the first to comment on "डोटीमा एक योजना पनि नपर्दा सांसद् प्रेम आले खेलकुदमन्त्री प्रति फायर भने, ‘तपाईलाई लाज लाग्दैन्’"

Leave a comment

Your email address will not be published.


*