मालिकार्जुनमा बैंकीङ सेवा शुरु, एक हप्तासम्म खाता निशुल्क

जेठ ३१, दार्चुला ।
मलिकार्जुन गाउँपालिकामा माछापुच्छे बैंक लिमिटेडले सेवा शुरु गरेको छ । देशभरीमा ९१ औं शाखाको रुपमा बैंकले मालिकार्जुनमा सेवा शुरु गरिएको गाउँपालिकाका शाखा प्रबन्धक दिपक खड्काले जानकारी दिनुभयो ।
बिहिबार प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रशाद बडु, गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी, उपप्रमुख पुस्पा अवस्थी लगायतले सेवाको उद्घाटन गरेका हुन । एक सातासम्म निशुल्क खाता खोल्ने र त्यसपछि अरु बैंकीङ सेवाहरु समेत थप्दै जाने बैंकको योजना छ । बैंकले सेवा शुभारम्भ गरेपनि औपचारीक उद्घाटन भएको छैन ।
देशभरीका सबै स्थानीय तहमा बाणिज्य बैकंको शाखा स्थापना गर्ने सरकारको लक्ष्य अनुसार मालिकार्जुनमा माछापुच्छे बैंकले सेवा शुरु गरेको हो । बैकंले मालिकार्जुन शाखाबाट अरु बैकंजस्तै ऋण, लगानी, निक्षेप, ई बैंकिङ, मोबाइल बैकिंङ, एटिएम, रेमिट लगायतका आधारभुत सबै सेवाहरु उपलब्ध गराउने प्रबन्धक खड्काले बताउँनुभयो ।
२ ओटा नगरपालिका र ७ ओटा गाउँपालिका रहेको दार्चुलाका नगरपालिकाहरमा यसअघि नै बिभिन्न बैंकहरुले सेवा प्रबाह गरीरहेको छन् । गाउँपालिकाहरुमध्ये पहिलो गाउँपालिकाको रुपमा मार्मा गाउँपालिकामा सनराइज बैकंले केहि दिन पहिले ८३ औ शाखाको रुपमा आफ्नो शाखा स्थापना गरीसकेको छ ।

Leave A Reply

Your email address will not be published.