भीमदत्त नगरका प्रमुख उपप्रमुखद्धारा जैविक बाँध र गौशलाको स्थलगत निरीक्षण

महेन्द्रनगर, ६ असार । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र उप नगर प्रमुख सुशिला चन्द सिहले बागफाँटाको चौधर नदीमा निर्माणाधीन जैविक तटबन्धको स्थलगत अनुगमन गरेका छन् ।

भीमदत्त नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको प्राविधिक सहयोगमा स्थानीय स्रोत साधन र सीप प्रयोग गरी चौधर नदीको बाढी नियन्त्रणका लागि तटबन्धन बनाउन लागिएको हो ।

भीनपा वडा नं. १९ का अध्यक्ष दामोदर महरा सहित वडा नं. १५ का अध्यक्ष भीम बहादुर साहु, नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष हरि प्रसाद जोशी पनि अनुगमनमा सहभागी भएका छन् ।

स्थलगत निरीक्षणका क्रममा भीनपा १९ का अध्यक्ष महराले नगर प्रमुख विष्टलाई चौधर नदीले वर्षौैदेखि स्थानीयको जग्गा कटान गर्दै आएको जानकारी गराए । अध्यक्ष महराले जैविक तटबन्धले कटान रोकिने आशा गरिएको बताए ।

जैविक तटबन्धपछि गौशला र पर्यटन मार्गको समेत निरीक्षण गरिएको छ । भीनपा १९ र १८ मा पर्यटन मार्गको ट्रयाक खोल्ने कार्य सकिएको छ ।

Leave A Reply

Your email address will not be published.