सामाजिक सञ्जालमार्फत धम्की दिने काग्रेस नेता खत्रीलाई कार्वाही गर्न महासंघको माग

असार २८, दार्चुला ।
नेपाल पत्रकार महासंघ दार्चुलाले पत्रकार र पत्रकारीता पेशाप्रति समाजिक सञ्जालमार्फत लगाइएको निराधार आरोपप्रति गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । नेपाली पत्रकारहरुको साझा र छाता संगठन नेपाल महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीलाइ नेपाली काग्रेश दार्चुलाका महाधिबेशन प्रतिनिधि उमेशसिह खत्रीले फेसबुक, म्यासेन्जर र मोबाइल फोनमार्फत लगाएको गम्भीर आरोपप्रति नेपाल पत्रकार महासंघ दार्चुलाले एक प्रेस बिज्ञप्ति मार्फत ध्यानआकर्षण भएको जनाएको हो ।
बुधबार र बिहिबारको दिन महासंघ जिल्ला अध्यक्ष धामीमाथी खत्रीले समाजिक सञ्जाल र फोनमार्फत भ्रष्ट पत्रकारीता गरेको, कार्यालय प्रमुखहरुलाइ थर्काएर सम्पत्ति आर्जन गरेको, पत्रकार सहकर्मीकै भनार र जीबनशैलीमा आएको परिवर्तनले सम्पत्ति कमाएको पुष्टी भएको, धार्मिक आवरणमा शोषण गरेको जस्ता संगिन आरोप लगाएका छन । साथै खत्रीले आफु बाधको डमरु भएको स्वघोषणा गर्दै फेसबुकमार्फत धाक धम्की दिएका छन । एउटा जिम्मेवार र प्रमुख राजनीतिक पार्टीको महत्तपुर्ण पदमा रहेको ब्याक्तीबाट भएको यस्तो हर्कतले सिगों पत्रकारीता जगतलाइ दुखी र आक्रोसित बनाएको बिहिबार जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
छुट्टै बिषय र प्रसंगको फेसबुक स्टाटसमा तपाईहरुको भ्रष्ट पत्रकारीता भनेर गम्भीर बिबाद र बहसको थालनि खत्रीले गरेको पत्रकार महासंघ दार्चुलाका उपाध्यक्ष राजेन्द्र सिह धामी, सचिब कृष्ण सिह धामी र कोषाध्यक्ष भोजराज जोशीद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा उल्लेख गरीएको छ ।

पत्रकार महासंघ दार्चुला शाखाले घट्नामाथि नेपाली काग्रेस दार्चुलाले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उल्लेख गरेको छ । महासंघले यस्ता गैरजिम्मेवार व्यक्तिमाथि छानविन गरी पार्टी अनुशासनको कारवाही गर्न माग गरेको छ । साथै महासंघले कानुनी कार्वाहीगर्न नेपाल सरकार र स्थानीय प्रशासनसंग जोडदार माग गरेको छ । राजनीतिक आड र दम्बका आधारमा गरिने यस्ता गलत हर्कतहरुको बिरुद्धमा ऐक्यबद्धता जनाउँन सबैमा महासंघले आह्वान समेत गरेको छ ।

यसैबिच कानुन बिपरीत समाजिक सञ्जालमार्फत पत्रकार महासंघ अध्यक्ष र पत्रकारीता पेसाप्रति लगाइएको आक्षेपबारे छलफल गर्न पत्रकार महासंघ दार्चुला साखाको बैठक बसेको छ । पत्रकार महासंघ दार्चुलाका उपाध्यक्ष राजेन्द्र सिह धामीको अध्यक्षतामा बिहिबार बसेको बैठकले खत्रीलाइ कुनै गल्ती गरेको तथ्य प्रमाण भए कानुनी उपचारको बाटो खोज्न सुझाब समेत दिएको छ । ब्याक्तिगत गुनासा, सुझाब वा प्रतिक्रिर्या भए सभ्य र ब्यबस्थीत रुपमा प्रस्तुत गर्नुपर्ने महासंघ बैठकको निस्कर्ष छ ।

Leave A Reply

Your email address will not be published.