डा. केसीको माग सम्बोधन हुनेमा कांग्रेस नेता बडुको विश्वास

असार २८, दार्चुला।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन हुनेगरी राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउने विश्वास व्यक्त गरेको छ । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सरकारले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन हुनेगरी सो सम्बन्धि विधेयक ल्याउने आशा गर्नु भएको हो ।

बिहिबार प्रतिनिधिसभा बैठकको कार्यसूचिबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ हटाइएको थियो । नेता बडुले कार्यसूचि हटाउने सो निर्णयलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको पनि स्पष्ट पार्नु भयो । बिहिबार संघीय संसद भवन नयाँ बानेश्वरमा संचारकर्मीमाझ उहाँले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य उपचारमा ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

कांग्रेसले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन हुने गरी तत्काल राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको थियो ।

Leave A Reply

Your email address will not be published.