यी हुन् कृष्णपुर नगरपालिकाका १५ वटा नगर गौरबका आयोजनाहरु

0

कञ्चनपुर, १ साउन । कृष्णपुर नगरपालिकाले आजदेखि सुरु भएको नयाँ आर्थिक वर्षको लागि १५ वटा नगर गौरबका आयोजना तोकेको छ । तेस्रो नगरसभाले १५ वटा नगर गौरवको आयोजनाहरु तोकेको हो । नगरसभाले ५० शैयाको नगर अस्पताल निर्माणलाई पहिलो प्राथिमकता दिएको छ । त्यसको लागि ५० लाख रुपैयाँ बजेट विनियोजित गरिएको छ ।

त्यस्तै दोमिल्ला बण्ड मालुबेला मार्ग निर्माणलाई नगर गौरबको आयोजनामा राखेको नगरपालिकाले नगर पुस्तकालय भवन निर्माणलाई पनि प्राथमिकता दिएको छ । त्यस्तै एक वडा एक सडक कालोपत्रे, लक्षित बर्ग समुदायका कार्यक्रमहरु प्रभावकारी रूपमा सन्चालन, वडाहरुको समानुपातिक विकासका लागि वडाहरुमा बजेटको व्यवस्था पनि गरेको छ ।

विभिन्न सडकहरुको स्तरोन्नति, भौतिक पुर्वाधारहरुको निर्माण, जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम तथा अध्ययन अवलोकन भ्रमण, विषयगत शाखाहरुको कार्यक्रम प्रभावकारी संचालनका लागि समेत आवश्यक बजेटको व्यवस्था गरिएको नगर प्रमुख कर्ण बहादुर हमालले जानकारी दिए ।

नगरपालिकाले एक वडा एक खेल मैदानको लागि १८ लाख रुपैयाँ बजेट छुट्याएको छ । ९ वटा वडा रहेको कृष्णपुर नगरपालिकाले खेल मैदान निर्माण गर्न प्रत्येक वडामा २/२ लाखको दरले बजेट छुट्याएको हो । त्यस्तै नगर रंगशाला निर्माण गर्नको लागी ५० लाख, थारु संग्राहलय निर्माणको लागि १० लाख, चिडियाघर निर्माणको लागि ५ लाख रुपैयाँ बजेट छुट्याईको नगर प्रमुख हमालले जानकारी दिए ।

५९ करोड ८४ लाख रुपैयाँको बजेट निर्माण गरेको नगरपालिकाले प्रत्येक वडाबाट प्राथमिकतामा परेर छनोट भएका आयोजनाहरुको लागि भन्दै ५० देखि ९० लाख रुपैयाँसम्म डल्लो बजेट पनि पठाएको छ ।

नगर गौरबका आयोजनाहरुः
१. ५० सैय्याको नगर अस्पताल निर्माण।
२. दोमिल्ला बण्ड मालुबेला जैबिक मार्ग निर्माण ।
३. नगर पुस्तकालय भवन निर्माण ।
४. थारु सङ्ग्राहलय
५. होमस्टे प्रबर्द्धन
६. नगर रंगशाला निर्माण।
७. एक वडा एक खेलकुद मैदान निर्माण ।
८. पर्यटन क्षेत्र बिकासका लागि ग्वासी समैजी धार्मिक पर्यटकीय धाम निर्माण ।
९. नगरपालिका भवन निर्माण शुरूवात ।
१०. नगर उधान निर्माण ।
११. ५ वटा वडा कार्यालयको भवन निर्माण शुरुवात ।
१२. सडक सौर्य बत्ती जडान ।
१३. चिडिया घर निर्माण
१४. शीत भण्डारर अन्न भण्डार
१५. प्राङ्गगारिक मल उत्पादन केन्द्रको निर्माण

You might also like
Loading...