लेकममा पुन. दुई महिनामै प्रमुख प्रशासकिय अधिकृत सरुवा

0

साउन १० दार्चुला ।
दार्चुलाको लेकम गाउँपालिकामा दुइ महिनामै प्रमुख प्रशासकिय अधिकृत भोज बहादुर ऐडीको सरुवा भएको छ । कञ्चनपुरको बेलौरी सरुवा भएका ऐडीको बुधबार एक औपचारीक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले बिदाइ गरेको छ ।
गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थिति रहेको थियो । यो संगै एक वर्षको अवधीमा लेकममा पाचँजना प्रमुख प्रशासकिय अधिकृत फेरिने भएका छन् । कर्मचारीको दुइ तिन महिनामै धमाधम सरुवा भएसँगै पालिकामा पाचँ जना कार्यकारी फेरिने भएका हुन् ।
गाउँपालिकाको शुरुमा निमित्त प्रमुख प्रशासकीयको रुपमा साविकका लालीका सचिव नारायणदत्त भट्ट रहुनभयो । २।३ महिना कार्यकाल चलाएपछि प्रमुख प्रशासकीय अधिकृतको रुपमा दिपक नेपाली चैत्रमा हाजिर भए । उहाको मंशिर महिनामा सरुवा भएपछि पुन निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा पुन भट्ट दोहोरिएका थिए । पुन जेठ ६ गते भोज बहादुर ऐरी नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा लेकम गाउँपालिका पुगेका थिए ।

गृह मन्त्रालयबाट सरुवा भएर लेकम आएका ऐडीको समेत दुइ महिनामै सरुवा भएपछि लेकम गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बिहिन भएको छ । छिटोछिटो कर्मचारी एबं प्रमुख प्रशासकिय अधिकृत सरुवा हुदा आर्थीक, प्रसासनिक काममा ढीलाइ हुने गरेको गाउँपालिकाले जनाएको छ ।

You might also like
Loading...