२ लाख घुस, यौनधन्दा छुट, बझाङ प्रहरीकाे मिलेमताे

0

साउन १६, बझाङ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक र प्रहरी नायव निरिक्षक मिलेर यौनधन्दा गराएको भन्दै होटेल सञ्चालकबाट घुस लिएको सञ्चालकले आरोप लगाएका छन् । प्रहरीले ५ लाख रुपैयाँ दिए छोड्ने नत्र मुद्दा लगाउने भन्दै पटक—पटक धम्की दिएपछि आफुले जोहो गर्नसक्ने २ लाख घुस दिन बाध्य भएको होटल सञ्चालक जोशीको भनाइ रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक र प्रहरी नायव निरिक्षक दुवै मिलेर स्थानीय होटल सञ्चालकबाट २ लाख घुस लागेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय बझाङ्ग भित्र तरङ्ग फैलिएको छ । जयपृथ्वी नगरपालिका–८ सिमखेतमा रहेको होटल एमडि प्लाजाका सञ्चालक सुवास जोशीबाट बझाङका डिएसपी क्रृषिराम कडेल र मुद्घाफाँटका सई रणधीर जैसी मिलेर २ लाख घुस लिएकोे आरोप लागेको हो ।

सिमखेतमा होटल सञ्चालन गर्दै आएका सुवासलाई यौनधन्दा गराएको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङले एकरात प्रहरी हिरासतमा राखी नगद २ लाख रुपैयाँ घुस लगेर भोलिपल्ट छाडेको जोशीले बताए । विगत ९ महिनादेखि होटल व्यवसाय गरिरहेका जोशीलाई प्रहरीले पक्राउ गरेपछि किन पक्राउ गर्यो भन्ने बारे स्थानीयबासीको ध्यान जिल्ला प्रहरी कार्यालयमा नै केन्द्रित थियो ।

प्रहरी हिरासतभित्र रहेका बेला सुवासले टेलिफोनबाट खातामा १ लाख रहेको भन्दै प्रहरीले ५ लाखको बार्गेनिङ गरेको र बाँकी साथीलाई सापटी दिएर मलाई मुद्दा लाग्नबाट बचाउनु पर्यो भनि फोन गरेको स्थानीय व्यापारीले बताएका छन् । प्रहरीले ५ लाख रुपैयाँ दिए छोड्ने नत्र मुद्दा लगाउने भन्दै पटक—पटक धम्की दिएपछि आफुले जोहो गर्नसक्ने २ लाख घुस दिन बाध्य भएको होटल सञ्चालक जोशी बताए ।

सुरुमा ५ लाखबाट बार्गेनिङ शुरु भएको तर आफुले यति ठूलो रकमको जोहो गर्न नसक्ने भनेपनि अन्तिममा २ लाखमा कुरा मिलेको उनको भनाइ छ । घटनाको थप अनुसन्धान गरी प्रहरीले नै जनतालाई दुःख दिएर रकम असुली गर्नेजस्ता क्रियाकलापमा सहभागी भएको आधार पुष्टि भए कडा कारबाही गरिने प्रदेश नम्बर ७ का निमित्त प्रहरी प्रमुख एसएसपी विक्रम चन्दले बताउनुभयो ।

यता जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी क्रृषिराम कँडेलले भने यो मुद्दाको बारेमा आफुलाई केहि जानकारी नभएको र आफुले रकम पनि नलिएको बताएका छन् । उनले होटल सञ्चालक जोशीलाई अनुसन्धान पछि छोडेको जानकारी दिए । -जनता समाचारबाट

You might also like
Loading...