भारतीय नागरिकद्धारा वडा अध्यक्षलाइ धम्की, असुरक्षा बढेको भन्दै वडामा तालाबन्दी

यो खवर सबैसम्म पुर्‍याउन शेयर गर्नुहोस्
  • 160
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    160
    Shares

साउँन २५, दार्चुला ।
नौगाड गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष गोरे धामीलाई भारतीय नागरिक राकेश बुढाथोकीले वडा कार्यालयमै आएर धम्की दिएकाछन् । विहीबार २।४ जनाको समूहमा आएका भारतीय नागरिक बुढाथोकीले धामीलाई कार्यकक्षमै गाली गलौच गरी धम्की दिएका हुन् । भारतीय नागरिक बुढाथोकीसँगै महाकाली नगरपालिका १ धम्पनेराका जगतसिह धामी पनि संग्लन रहेको वडा कार्यालयद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । जनप्रतिनिधि र कर्मचारीलाई नै कार्यालयममै रहेको बेला एक्कासी उनीहरु कार्यालयमा प्रवेश गरि धम्की दिएको वडाअध्यक्ष धामीले बताउनुभयो ।
वडा कार्यालयमा काम गर्न असुरक्षित भएको भन्दै कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा अनिश्चितकालीन बन्द भएको विज्ञप्तीमार्फत जानकारी गराइएको छ । भारतीय नागरिक बुढाथोकीलाई कार्वाही नगरेसम्म सेवा ठप्प रहने वडा कार्यालयले जनाएको छ । घट्नाको बारेमा जानकारी लिन जिल्ला प्रहरी कार्यालय दार्चुलाले बुढाथोकी सहितको टोली जिल्ला बोलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
स्थानीयका अनुसार स्थानीय हरकसिह ठगुन्ना र बुढाथोकी बीच जग्गाको मुआब्जाको विषयमा विवाद थियो । अपर नौगाड जलविद्युत आयोजनाले दिएको मुआब्जाको विवादलाई लिएर वडाअध्यक्ष धामीमाथी गाली गलौच गरिएको वडा कार्यालयले जनाएको छ । बुढाथोकी परिवार यसअघि धुलीगडा बस्दै आएका थिए । हाल भारतमा बस्दै आएका बुढाथोकीले आफ्नो जमिनको मुआब्जा दाबी गर्न गएको बेला वडाअध्यक्षमाथि गाली गलौच गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाले भने घट्ना बारे दुवै पक्षबीच छलफल भइरहेको जनाएको छ ।

प्रतिक्रिया तल लेख्नुहोस्

Be the first to comment on "भारतीय नागरिकद्धारा वडा अध्यक्षलाइ धम्की, असुरक्षा बढेको भन्दै वडामा तालाबन्दी"

Leave a comment

Your email address will not be published.


*