जिल्ला प्रशासन कार्यालय दार्चुलाद्धारा बार्षिक समिक्षा (बिस्तृतमा हेर्नुहोस्)

यो खवर सबैसम्म पुर्‍याउन शेयर गर्नुहोस्
  • 72
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares

साउँन २५ दार्चुला ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले गत आर्थिक बर्ष २०७४÷०७५ मा प्रबाह गरेका सेवा र सम्पादन गरेका कामहरुको बारेमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । प्रमुख जिल्ला अधिकारीको रुपमा खुमकान्त आचार्य आएको तिन महिना पुरा भएको र आर्थिक बर्ष समेत सम्पन्न भएको अवसरमा बार्षिक प्रगतिको बारेमा जानकारी गराइएको हो । शान्ति सुरक्षा, कानुन, बिपद्, कार्यालयको नियमित कामकाजका क्षेत्रमा भएको प्रगति बिबरण सार्बजनिक गरीएको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट गत आर्थिक बर्षको बैशाखदेखी साउँनसम्म ४१ परिवारलाइ घर, जग्गा जमिन ब्यवसायमा क्षति भएबाफत बिभिन्न समयमा २ लाख ४ हजार राहत रकम बितरण भएको छ । २ ओटा थान बिद्यालय र १७ थान पिडित परिवारलाइ गरी कुल १९ थान त्रिपाल बितरण भएको छ । बिगत लामो समयदेखी कैलालीमा रोकिएको २० थान साउँदी टेन्ट जिल्लामा ल्याएर प्रतेक स्थानिय तहलाइ दुइ ओटाका दरले १८ ओटा र २ ओटा जिल्लामा बितरण गरीएको छ । १ सय २३ थान ग्याबिन तारजाली बितरण गरीएको छ । गतमहिना नौगाड गाउँपालिकामा आएको बाढी पहिरो पिडित परिवारलाइ एकमुष्ट ५३ थान तारजाली बितरण गरीएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा मनसुन पूर्बतयारी योजना निर्माण गरिएको छ । जिल्लास्थित ९ ओटै स्थानीय तहहरुलाई जोखिमको क्षेत्र पहिचान गरेर स्थानिय बिपद् ब्यबस्थापन समिति गटन गर्न अनुरोध गरीएको उहाँले बताउँनुभयो । यस्तै २०७० सालका बाढी पिडितहरुकालागी आएर रोकिएको ४ लाख राहत रकम दामासाहिका हिसाबले बितरण गर्ने निर्णय भएको छ । पहिरोबाट शैल्यसिखर नगरपालिकामा १ जनाको गतबर्ष ज्यान गएको र एक जनाको जिल्लामा चट्याङ लागेर ज्यान गएको अनौपचारीक जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा गत आर्थीक बर्षभरीमा २ हजार १ सय ४६ चिठिपत्रहरु द्यर्ता भएको र ३ हजार ५५ चिठिपत्र बाहिर पठाएको पाइएको छ । प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको कारण गतबर्ष १५ मुद्धा आएकोमा ९ ओटा फच्छौट गरेर ६ ओटा मुद्धाहरु बिचाराधिन अवस्थामा प्रकृर्यामा रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउँनुभयो । ठाडो उजुरीको रुपमा ४२ मुद्धा आएकोमा सबै फच्छैट गरीएको छ । गतबर्ष जिल्लामा १३ ओटा नयाँ संघसंस्थाहरु दर्ता भएका छन । ५६ ओटा संघसंस्थाहरु नबिकरण भएका छन । जिल्लाभरी २५ ओटा इजाजतप्राप्त हातहतियार रहेकोमा १९ ओटा नबिकरण भइसकेको र ६ ओटा नबिकरण हुन बाकी छन । नबिकरण गर्ने म्याद नसकिएको कारण नबिकरण गर्ने क्रम चलिरहेको आचार्यले बताउँनुभयो ।
गत आर्थीक बर्ष २०७४÷०७५ मा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट १ हजार ८ सय ८३ पुरुष र १ हजार ४ सय ८७ महिलाले नेपाली नागरीकताको प्रमाणपत्र प्राप्त गरेका छन । यस्तै १ हजार २ सय ४५ जनाले नागरीकता प्रमाणपत्र लिएको र २४ ओटा बैबाहिक अंगिकृत नागरीकता गरेर एक बर्षको अवधिमा कुल ३ हजार ३ सय ७० नागरीकता जारी भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्याङक छ । चालु आर्थीक बर्षको हालसम्म २५ दिनको अवधिमा १ सय २० जना पुरुष र ९० जना महिलागरी २ सय १० नागरीकता बितरण गरीएको छ । गत आर्थीक बर्षमा द्रुतसेवामार्फत राहदानि बनाउँनेहरुको संख्या बढेको छ । एक बर्षमा ५६ महिला र ६ सय ९७ जना पुरुषगरी कुल ७ सय ६३ जनाले द्रुतसेवाअन्तरगत जिल्ला प्रशासनको सिफारीसको आधारमा काठमान्डौबाट राहदानि बनाएका छन । जिल्ला प्रशासनबाट १६ महिला र १ सय ८२ पुरुष गरी १ सय ९८ जनाले राहदानि लिएको प्रशासन कार्यालयको तथ्याङकमा उल्लेख छ ।
गतबर्ष नेपाल चीन प्रबेश अनुमति पत्र १ सय ३८ जनाले नयाँ बनाएका छन । ४२ जनाले प्रतिलिपि लिएको र २ सय ५५ जनाले नबिकरण गराएको पाइएको छ । भारतको नोटिफाइड एरियाको बाटो हुदै ब्यास क्षेत्रमा जाने ५ सय २५ जनाले बहुयात्रा अनुमती पत्रलिएका छन । सिमा प्रशासन कार्यालय ब्यासमा कर्मचारी बसेका छैनन । जिल्ला प्रशासन कार्यालयबाट गत महिना कर्मचारी खटाएपनि जिल्ला प्रशासनमा समेत कर्मचारी अभाबको कारण कर्मचारीहरुले यतैबाट कार्यसम्पादन गरीरहेका छन ।
प्रमुख जिल्ला अधिकारी आचार्य जिल्लामा आएपछि लेकम गाउँपालिकामा ३ दिने घुम्तीटोलिमार्फत नागरीकता बितरण भएको छ । कार्यालयमा डिजिटल सिटिजन चार्ट निमार्ण, फ्रि वाइफाइ जोन निमार्ण, सेवाग्राहि कक्ष ब्यबस्थापन, नेपाल भारत सिमा सुरक्षा बैठक सम्पन्न, बजार अनुगमनमा तिब्रता, जिल्ला दररेट मूल्य निर्धारण लगायतका महत्तपुण कामहरु भएको पाइएको छ ।
गत आर्थीक बर्षमा २ करोड बजेट भवन निमार्णकोलागी आएकोमा काम नभएर फिर्ता थएको छ । आर्थीक बर्ष २०७३÷०७४ मा १२ लाख ५० हजार राजश्व संकलन भएकोमा आर्थीक बर्ष २०७४÷०७५ मा १२ लाख ७८ हजार राजश्व संकलन भएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनुभयो । द्धन्द पिडित परिवारलाइ कुल १९ लाख ७५ हजार राहत बजेट प्राप्त भएको, अपहेलितलाइ २५ हजार र बिस्थापित ६८ जनालाइ १३ लाख ९३ हजार राहात प्राप्त भएको उहाँले बताउँनुभयो ।

प्रतिक्रिया तल लेख्नुहोस्

Be the first to comment on "जिल्ला प्रशासन कार्यालय दार्चुलाद्धारा बार्षिक समिक्षा (बिस्तृतमा हेर्नुहोस्)"

Leave a comment

Your email address will not be published.


*