ग्रामिण महिला पहिले भन्दा अहिले धेरै परिबर्तन

सुनिता भट्ट, बैतडी ।

बैतडीको ग्रामिण क्षेत्रका महिलाहरुले आफुमा पहिलेको भन्दा अहिले परिबर्तन आएको बताएका छन् । जिल्लाका बिभीन्न ठाउँमा बिभीन्न संघसस्थाले महिला तथा बालबालीका लक्षीत कार्यक्रम गर्दै जादा आफुहरुमा परिवर्तन आएको दोगडाकेदार गाउपालिकाका भागरथी बिष्टले बताउनुभयो ।

पहिले आफ्नै गाउँमा पनि धेरै मानिस जम्मा भएका ठाउँमा जान लाज मान्ने, कुनै कार्यक्रममा सहभागी नजनाउने महिलाहरु आजभोली निर्धक्क रुपमा आफ्नो परिचय दिनुका साथै तालिम तथा गोष्टीहरुमा पनि आफ्ना कुरा खुलेर राख्न सक्ने भएको उहाले बताउनुभयो । पहिला चुलो चौकोमा मात्र सिमित रहेका महिलाहरु महिला उत्थान समाज बैतडीको सहयोगमा एक्लै पनि टाठा टाठा कार्यक्रमहरुमा सहभागि हुन सक्ने भएको कौशिला महराले बताउनुभयो ।

महिला उत्थान समाज बैतडीले साबिकका ५ गाबिसमा ४५ वटा सामुदायिक छलफल केन्द्र स्थापना गरी महिलाहरुलाइ बालबिबाह र महिला हिंसाको बारेमा जानकारी गराउन थालेपछि महिलाहरुमा परिर्वतन आउन थालेको  महिला उत्थान समाज बैतडीका कार्यक्रम संयोजक काशि बिष्टले बताउनुभयो ।

साबिकको गोकुल्लेश्वर, सित्तड, कटुजपानि, बिजयपुर र तल्लादेहिमा छलफल केन्द्र स्थापना गरि बालविबाह, छाउपडि प्रथा, महिला हिंसा लगायतका क्षेत्रहरुमा समुह गठन गरि काम गर्दे आइरहेका कार्यक्रम संयोजक बिष्टले बताउनुभयो ।

अहिले महिलाहरु कार्यक्रममा सहभागी भएर महिला तथा बालबालिकाको नाममा नगरपालिका, गाउपालिका तथा वडाहरुले बिनियोजन गरेको बजेटबारे सोधीखोजी गर्न थालेको उहाँले बताउनुभयो । २०५३ सालमा स्थापना भएको महिला उत्थान समाजले स्थापना काल देखि महिला तथा बालकालिकाको क्षेत्रमा काम गर्दै आइरहेको महिला उत्थान समाज बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.