बाबुको मृत्यु (हत्या) भएको दुई बर्षपछि आमाले घर छोड्दा ५ भाइबहिनि बने असहाय

दार्चुला । बृद्ध बुबा आमा, श्रिमति र ५ जना छोरी, १ जना छोरा । १० जनाको ठुलो तर सुन्दर परिवार, छोराछोरीलाइ उच्च शिक्षा दिने र जीवनशैलीमा परिवर्तन ल्याउने अभिलासा सहित नौगाड गाउँपालिका ४ होपरीगाडबाट जमन सिह महता तीन बर्ष पहिले दार्चुला सदरमुकाम खलंगा आए । बृद्ध बाबुआमा गाउँमा छोडर छोराछोरीसहित श्रीमति र आफु खलंगा झरेर यतै घर निमार्ण गरे । जिल्ला सदरमुकाममा समेत घर जमिन जोडेर बसोबास शुरु गरेको केहि महिनापछि, घर बनाउँदा लागेको रिण तिर्न यार्सा गुम्बाको ब्यापारमा गएका जमन सिह महता अपिहिमाल गाउँपालिकाको घुसा धन्बोरा भन्ने ठाउँमा अस्ताए ।
यार्सागुम्बार र पैसाको साथमा ब्यापार गर्न हिडेका जमन सिह महताको २०७३ साल साउँन १० गते पैसाको लोभमा कसैबाट हत्या भयो । घरको अभिभाबक गुमाउँनुपर्दा परिवारले निकै पिडा र बेसाहारा महसुस गर्यो । दुःखमा रोए, कराइ, छोराको हत्यारा पत्ता लगाउँन समेत सक्दो प्रयास गरे, प्रहरीसंग आलाप बिलाप गरे तर अहिले हत्या भएको २ बर्ष २ महिना बित्दा समेत हत्यारा पत्ता लागेन । तरपनि बिस्तारै आफुलाइ सम्हाल्दै दैनिकि चलाउँनुको बिकल्प थिएन । पैतृक सम्पतिबाट छोराछोरीको पढाइ खर्च र घरखर्च जेनतेन चलिरहेकै थियो ।
अपसोच, श्रिमानको हत्या भएको दुई बर्षपछि श्रिमति गिता महताको मन फेरीयो । एक÷एक बर्षको मात्रै जन्मान्तर भएका ५ जना छोराछोरीलाइ एक्लै छोडेर गत भदौ २५ गते सबैभन्दा कान्छी छोरीलाइ समेत साथमा लगेर अन्तै गएको खबर परिवारमा आयो । बाबुको निधनपछि सोकसन्तप्त बनेको परिवारमा आमाले समेत बिना जानकारी घर छोडेर अरुकै साथमा हिडेपछि बालबालिकाहरु असहाय बनेका छन् । उता गाउँमा बुहारीले नातिनातिना छोडेर अरुसंगै गएको खबर सुनेर बाजेको समेत हिृदयघात भएर मृत्यु भएको छ । बाजेको निधन भएर तीन जना दिदिबहिनि र भाइ समेत गाउँ गएपछि १५ बर्षिय सुर्मा महता महाकाली नगरपालिका ४ खलंगामा एक्लै बसेकि छन् ।
बाबु, बाजेको मृत्यु र आमाले घर छोडेपछि दार्चुलाको नौगाड गाउँपालिका ४ होपरीगाड घरभइ हाल जिल्ला सदरमुकाम खलंगामा बस्दै आएका पाचँ भाइबहिनि असहाय बनेका छन् । बाबुको हत्या भएको घटनापछि निशास बनेका छोराछोरीलाइ आमाले समेत बिना जानकारी छोडेर अन्तै गएपछि बालबालिकाहरुको बिचल्ली भएको हो । अहिले घरमा बजै धाना महता र पाचँ भाइबहिनि मात्रै रहेका छन । भाइबहिनिहरुसमेत सानै उमेरका भएको कारण बिभिन्न समस्याको सामना गर्नुपर्ने चिन्ताले अहिलेदेखी नै सताइ रहेको छ । आमा केहि महिनायता भारतको धारचुला कालीका भन्ने स्थानमा काम गर्न जाने गरेकोले उतै कसैसंग बिबाह गरेर बसेको हुन सक्ने परिवारले अनुमान गरेको छ ।
सबैभन्दा जेष्ट बहिनि कक्षा ९ मा अद्ययनरत १६ बर्षिक भागरथी महता, १५ बर्षिय सुर्मा महता, कक्षा ७ मा अद्ययनरत १४ बर्षिय सरस्वती महता, कक्षा ६ मा अद्ययनरत १३ बर्षिय बाटुली महता र कक्षा ५ मा अद्ययनरत १२ बर्षिय सचिन महता सबै बिद्यालय बढ्ने र आयश्रोतको माध्यम तथा साहारा समेत कोहि नभएपछि समस्यामा परेको उनिहरुको दुखेको छ । आफन्तको सहयोग पाइएला भन्ने अपेक्षा भएपनि मनमा निरासा, एक्लोपना र डर भरीएको छ । सहयोगि निकाय संघ संस्था हुन्छन भन्नेसम्म सुनेका उनिहरुले सहयोगको अपेक्षा गरेका छन् । कमाउँने उमेर र अवस्था छैन, खलंगा घर निमार्ण गर्दाको खर्च समेत ब्यवस्थापन भइनसकेको अवस्थामा पैतृक सम्पत्तिको भरमा कहिलेसम्म बाचिएला उनिहरु आफैप्रति प्रश्न आएको छ ।

Leave A Reply

Your email address will not be published.