कर्मचारि छनोटमा बिवाद हुदा स्वास्थ्य चौकिमा तालाबन्दी

0

सुनिता भट्ट, बैतडी ।
बैतडीको पुर्चाैंडी नगरपालिका वडा नं–९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा बिहिबारबाट लागेको तालाबन्दी अझै खुलेन । इर्मरजेन्सी र डेलिभरि सेवा बाहेकका अन्य सेवा बन्द रहेको पुर्चाैडि नगरपालिका वडा न ९ का अध्यक्ष रम्बा बोहराले बताउनुभयो ।
स्वास्थ्यचौकीमा सञ्चालनमा आउने तयारी भएको प्रयोगशालाका लागि नगरपालिकाले कर्मचारी छनौटमा स्वास्थ्य चौकिमा काम गर्दै आएका कर्मचारिलाई छनोट नगरेको भन्दै त्यहाँका केही स्थानीयले स्वास्थ्यचौकीमा बिहिबार ताला लगाएका थिए ।
नगरपालिकाले ल्याब असिष्टेन्टका लागि दरबन्दी आह्वान गरेको र त्यस दरबन्दीमा स्थानीयलाई छनौट नगरेर बाहिरको मान्छे छनौट गरेको भन्दै ल्याब असिटेन्टका उम्मेदवार लोकेश कुमार भण्डारी र उनका सहयोगीले तालाबन्दी गरेको तल्लादेही स्वास्थ्यचौकीका इन्चार्ज हेमन्त साउदले जानकारी दिनुभयो ।
यता नगरपालिकाका उपप्रमुख जानकी बमले त्यहींका स्थानीयको आवेदन परे पनि आवश्यक कागजात नपुगेकोले नगरपालिकाले स्थानीयलाइ ल्याब कर्मचारीको रुपमा राख्न नसकेको प्रष्ट पार्नुभयो । नगर उपप्रमुख बमले नपरपालिका भित्रैको मान्छेलाइ कर्मचारीको रुपमा छनोट गरिएको बताउनुभयो ।

You might also like
Loading...