जनप्रतिनिधि ज्यू जिम्मेवारीमा ध्यान दिनुहोस्

हचुवाको भरमा सिफारीस दिदा कर्मचारी र जनप्रतिनिधिहरुको बिज्ञता र जिम्मेवारीमै प्रश्न

दार्चुला । दार्चुला जिल्लाका ९ ओटै स्थानिय तहका अधिकासं वडाअध्यक्ष र पञ्चीकाअधिकारी अर्थात वडासचिबहरुले हचुवाको भरमा बिभिन्न सिफारीसहरु दिने गरेका छन् । अनबिज्ञता, गैरजिम्मेवारीपना र भुलचुक कमजोरीका कारण दिनै नमिल्ने खालका सिफारीसहरु समेत दिन थालेपछि जनताहरुले समस्या भोग्नु परेको छ ।
नागरीकता सिफारीस गर्नकैलागी जन्मदर्ता गलत, मिति परिवर्तन, कामजात नपुगदेखी जिउदैलाइ मृतक घोषणा गरेर गलत सिफारीस दिएको समेत घटनाहरु आउँने गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । एकातिर जनताहरु अशिक्षित हुनु, आफ्ना कागजातहरुको ख्याल नगर्नु र सोधपुछ समेत नगरेका कारण आफै समस्या भोगिरहेका छन, नायब सुब्बा सतिस शाहले भन्नुभयो, अर्कोतीर जनप्रतिनिधिहरुलाइ अनुभबको कमिका कारण आफ्नो क्षेत्राअधिकार बाहिरका र नपुग कागजात भएका घट्नामा समेत सिफारीस दिएर पठाउँने गरेका छन ।
असोज महिनामा शैल्यसिखर नगरपालिका वडा नम्बर ३ बाट स्थानिय काशी सिह धामी तीन पटक जिल्ला प्रशासन कार्यालय आएरपनि नागरीकता नपाएर फर्कीएका छन । बि.स. २००१ सालमा जन्मीएर ७४ बर्ष भइसकेको बताउँने धामीले ५५ बर्ष भारतमा बिताएका कारण समयमै नागरीकता बनाउँन नसकेको जानकारी दिए । अहिले स्वदेश फर्केर यतै बस्ने सोचाइकासाथ नेपाली नागरीकता बनाउँन खोज्दा वडापालीकाको कमजोरी लगायतका कारणले नागरीकता पाउँनमा कठिन भइरहेको उहाँले बताउँनुभयो ।
बुवा प्रताप सिह धामीका ४ भाइ रहेको बताउँने उहाँले जेठा तीनओटै भाइको मृत्यु भइसकेको कारण भतिजासंगको नाताप्रमाणित गरेर नागरीकता सिफारीस बनाउँन खोज्दा वडापालीकाले आफ्नो (नागरीकता बनाउँनुपर्ने मान्छे कशि सिह धामीको) समेत मृत्यु भएको भनेर सिफारीस गरीदिदा नागरीकता नपाएको उहाँको गुनासो छ । वडा सचिब नरेश राज जोशी र वडा अध्यक्ष गोेकर्ण बहादुर चन्दको कमजोरी र उहाँ स्वयमको समेत बिभिन्न कैफियतको कारण नागरीकता प्रदान गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । यो बिषयमा छलफल एब. अनुसन्धान भइरहेको बताउँदै वडाअध्यक्षसंग थप छलफल गरेर नागरीकता दिने बिषयमा निर्णयमा पुग्ने प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउँनुभयो ।
शुरुमा वडाबाट सिफारीससाथ संलग्न सम्पुर्ण कागजात नपठाएर नागरीकता नपाएका उहाँको दोस्रो पटक मृतक भनेर गलत नाता प्रमाणित गरीदिदा समस्या भएको हो । भुलबस जिउदै मानिसलाइ मृतक भनेर गल्ती भएको भन्दै वडा अध्यक्ष चन्दले दोस्रो पटक सच्याएर सिफारीस पठाएपनि प्रमुख जिल्ला अधिकारी आचार्यले अनुसन्धान गर्नुपर्ने भन्दै नागरीकता दिन नमानेको धामीले बताउँनुभयो । वडाअध्यक्षलाइ जिल्ला प्रशसन कार्यालय गएर नागरीकता बनाउँन सहयोग गरिदिन भनेपनि कार्यब्यस्तताका कारण जान नसक्ने बताएको र आफुहरुमात्रै आउँदा प्रशासनले बिस्वास नगरेको धामीको भनाइ छ । वडाअध्यक्ष चन्दले नागरीकता माग गरीरहेका धामी आफ्नै गाउँले भएको कारण नागरीकता नपाउँनुपर्ने कुनै कारण नभएको तर आफुहरुकै कमजोरीका कारण यो समस्या निम्तिएको स्विकार गरेका छन । नागरीकता प्रदान गर्न आफुले सक्दो पहल गर्ने उहाँको भनाइ छ ।


यो प्रतिनिधिमुलक घटनामात्रै भएपनि अधिकासं वडाहरुबाट दैनिक यस्ता समस्याहरु दोहोरीएर आउँने गरेका छन । वडा सचिब र अध्यक्षहरुलाइ आफ्नो क्षेत्राअधिकार र आबश्यक प्रकृर्याको बिषयमा पूर्ण जानकारी हुनु आबश्यक रहेको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउँनुभयो । सिफारीस गर्नुपुर्ब कुनकुन कागजात आबश्यक पर्ने हो र कुन कागजात नपुग या गलत छ, राम्रो संग हेरेर पठाउँदा सेवाग्राहिलाइपनि सहज सेवा दिन सकिने र जनप्रतिनिधिहरुको भुमिकासमेत सफल देखीने उहाँको भनाइ छ ।
स्थानिय तहमा निर्बाचित सबै अध्यक्ष र सचिबहरुलाइ प्रशिक्षणको आबश्यकता रहेको समाजसेबि शेरसिह धामीको भनाइ छ । जानकारी नै नभएको बिषयमा सिफारीस दिदा सेवाग्राहिहरुले बिभिन्न झन्झटको सामना गर्नुपरेको र कतिपय अवस्थामा फर्केर दुई, तिन चोटि जिल्ला सदरमुकाम धाउँनुपरेको अनुभब उहाँले सुनाउँनुभयो । आबश्यक कागजातको समेत ख्याल नगरी अध्यक्ष र सचिबहरुले वडाबाट सिफारीस दिएर पठाउँदा नागरीकता नपाएर फर्कीनुपर्ने अवस्था आउँने गरेको सेवाग्राहि अर्जुन जोशीले बताउँनुभयो । आफुहरुलाइ जानकारी नहुने र वडापालीकाले समेत प्रकृर्याबारे सहयोग नगर्दा समस्या पाउँनेगरेको उहाँको भनाइ छ ।
दुहु गाउँपालिका, मालिकार्जुन गाउँपालिका र शैल्यसिखर नगरपालिकाका जनप्रतिनिधिहरुलाइ सिफारीस गर्दा ध्यान दिनुपर्ने बिषयमा साक्षत्कार गरेको भएपनि सबैलाइ प्रशिक्षण नभएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउँनुभयो । अनुभबको कमिका कारणले समेत कतिपय कमजोरी हुने गरेको उहाँको भनाइ छ । आफ्नो भुमिका जिम्मेवारी र जनसेवाको बिषयमा जनप्रतिनिधिहरु अझै बढी सचेत हुनुपर्ने अवस्था रहेको छ ।

Leave A Reply

Your email address will not be published.