दार्चुलाका प्रिन्स बने फाइनल जित्ने पहिलो नेपाली खेलाडी

0

दार्चुला । नेपालको दार्चुलाका प्रिन्स दाहाल दुवई जुनियर इन्टरनेसनल सिरिज ब्याडमिन्टन प्रतियोगिता अन्तर्गतको पुरुष यु–१५ को उपाधी तित्ने सफल भएका छन् ।
सिरिजको फाइनल प्रतियोगितामा जित हासील गरेसंगै उनि नेपालबाट उमेर समूहको अन्तर्रा्ष्ट्रिय प्रतियोगिताको उपाधी जित्ने पहिलो नेपाली खेलाडी बनेका छन ।
दुबईमा आइतबार बेलुकि भएको फाइनलमा प्रिन्सले इन्डोनेसियाका क्रिस्टियन अगस्टिनससँग २–० को सोझो सेटमा जित हात पार्दै सिरिजको उपाधि जित्न सफल भएका हुन् । प्रिन्सले इन्डोनेसियामाथि २१–११ र २१–११ को सहज जित निकाल्न सफल भएको प्रशिक्षक कमलेश निरौलाले जानकारी दिनुभयो । प्रिन्सले जुनियर इन्टरनेसनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको उपाधी जितेसंगै उनको गृहजिल्ला दार्चुलामा खुसियाली छाएको प्रिन्सका बुबा नारायण दाहालले जानकारी दिनुभयो ।

You might also like
Loading...