१७ वर्षीया बालिका बलात्कारको आरोपमा दार्चुलामा एक जना पक्राउ

दार्चुला ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ का एक युवक वालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनुसार ३५ वर्षीय जयसिह बोहरालाई १७ वर्षीया एक बालिका बलात्कार आरोपमा मंगलबार नियन्त्रणमा लिएको हो ।

सोमबार बेलुकी घर नजिकै बालिका बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले आरोपित बोहरालाइ नियन्त्रणमा लिएका हो ।

पीडितले आफुलाई जरबजस्ती बलात्कार गरेको भन्दै फोनमार्फत जानकारी गराएपछि गोकुलेश्वरबाट प्रहरी परिचालन गरि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख हिक्मतबहादुर बोहराले जानकारी दिए ।

घट्नास्थल टाढा भएको कारण मंगलबार साझँसम्म आरोपित बोहरालाइ जिल्ला प्रहरी कार्यालय दार्चुला पुर्याइने उनले बताए । पीडितको स्वास्थ्य परीक्षण हुन बाकी रहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.