सञ्चारकर्मी लक्ष्मी भाटको दाेहाेरी गीत ”बाच्दिन म धेरै‍”…..

मार्मिक लोकदोहोरी भाका बाच्दिन म धेरै सुन्न नछुटाउनुहोला.... ....

दार्चुला । सञ्चारकर्मी लक्ष्मी भाटको लोक दोहोरी एल्बम ‘बाच्दिन म धेरै‘ युटुबमा सार्बजनिक भएको छ । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका घर भएर बिगत ५ बर्षदेखी रेडियो पत्रकारीता र कुसल कार्यक्रम प्रस्तोताको छबि बनाएका भाट पछिल्लो समय कला र साहित्यको क्षेत्रमा समेत सक्रियता बढाउन थालेका छन् ।

मन छुने सब्दहरुले सजिएकाे मार्मिक भाका बाच्दिन म धेरै केहि समय पहिले बजारमा अाएकाे हाे । धोज बहादुर भाटको बिशेष सहयोगमा तथा सर्जक लक्ष्मी भाटको आफ्नै सब्द संगीतमा सजिएको लोक दोहोरी एल्बम बाच्दिन म धेरै गीतमा मुकेश भट्ट (बाशुदेब) र तुलसी घर्ती मगरले स्वर दिएका छन् । यमन खनालले एरेन्ज गरेको सुमधुर भाका बाच्दीन म धेरै युटुबमा सार्बजनिक भएसंगै धेरैले सकारात्मक प्रतिक्रिर्या दिन थालेका छन् ।

हाल रेडियो सारथी दार्चुलामा कार्यरत भाटले केहि समयपछि डेउडा भाका रेकर्डीङको तयारी भइरहेको समेत जानकारी दिनुभयो । भाट बिगतदेखी नै मुक्तक, गजल र बिभिन्न बिधाका गीतहरु रचना गर्दै अाएका छन् ।
गीत सुन्नकोलागी तलको लिकंमा थिच्नुहोस्

Leave A Reply

Your email address will not be published.