सडक, पूल खै ?”कहिलेसम्म ज्यानमारा तुईन र भारतीय ज्याजति”

दार्चुला । नेपालतर्फ उपयुक्त बाटो नहुदा ब्यास बासि जनताले भारतीय भुमिको प्रयोग गर्दै जोखीमपुर्ण तुइनको यात्रा गरेर गाउँ जानुपर्ने बर्षौदेखीको बाध्यता हट्न सकेको छैन । दैनिक उपभोग्य सामाग्रीको खरीद बिक्रि गर्न समेत ज्यानमारा तुईनको साहारामा भारतीय बजार हुदै जिल्ला सदरमुकाम पुग्ने ब्यास गाउँपालिकाका अधिकासं स्थानियले बिभिन्न समस्याको सामना गर्नुपरेको छ ।
दार्चुला र धारचुलाबाट गाउँसम्म सामान लैजाने बेला सिमानामा भारतीय प्रहरी बल एसएसबिले बेलाबेला दुखा दिने गरेको ब्यास ३ का स्थानिय राजेन्द्र सिह कुबरले बताए । नेपालतर्फ उपयुक्त र छोटो बाटो नहुदा बाध्य भएर भारतीय बाटोको प्रयोग गर्ने ब्यास बासीलाइ भारतीय प्रहरीले अपसब्द र दुब्र्यबहार समेत गर्ने गरेको उनले जानकारी दिए । सामान ओहोरदोहोर गर्न कमिसन माग्ने नभए तुइन काटिदिने समस्या रहेको अर्का स्थानिय राजेन्द्र सिह कुबँरले दुखेसो छ । पैसा दिनेभए देउँ नभए डिडिहाटको हावा खान पठाइदिन्छौ भनेर धम्क्याउने गरेको उनीहरुले बताएका छन ।
गत साता खरछाप्रो मुक्त कार्यक्रम अन्तरगत प्राप्त भएको जस्तापात गाउँसम्म लैजान भारतीय प्रशासन र सुरक्षा अधिकारीहरुसंग आबश्यक समन्वय गरेर ढुवानि गरेपनि महाकालीमा पुल नहुदा ज्यानको बाजि थापेर तुइनको साहारामा महाकाली नदीपार गर्नुपर्ने बाध्यता छ । अहिलेसम्म सडक यातायात त टाढाको कुरा राम्रो संग हिड्न मिल्ने बाटोको समेत सुबिधा नहुदा ब्यास बासिले भारतीय बाटोको प्रयोग गर्नुपर्ने बाध्यता रहेकोप्रति स्थानिय निरास छन् ।
ब्यास हुदै त्रिदेशीय सिमानासम्म पुग्ने लक्ष्यकासाता एक दशक पहिलेदेखी निमार्ण शुरु भएको दार्चुला तिकंर सडक योजनाको लापरबाही र ढिलासुस्तीका कारण ब्यसबासीले परनिर्भर हुनुपरेको छ । बिगतमा बिस्पोटक पदार्थ अभाब बर्षातको समय भनेर बाहाना बनाएको सडक योजनाले अहिलेपनि तिक्रताकासाथ काम गर्न नसकेको बताउँदै काम नगर्ने ठेकेदारहरुलाइ आबश्यक कार्बाहीकोलागी ब्यास गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकीले प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यसंग आग्रह गरेका छन् ।
नेपालकै बाटो भएर गाउँसम्म पुग्न तीन दिन समय लाग्ने अप्ठेरो बाटोका कारण स्थानिय, जनप्रतिनिधि, कर्मचारी, सासंद, मन्त्रीहरु सबैले भारतको बाटो हुदै तुइन तरेर ब्यास पुग्ने गरेका छन् । हरेक पटकको चुनाबको बेला तुइनकै साहारामा ब्यास पुगेर सडक, पूल निमार्ण गर्ने आश्वासन दिने नेताहरु चुनाब जितिसकेपछि ब्यास पुग्न बाटोको समस्या र तुइनको जोखीमका कारण समस्या मान्ने गरेका छन् ।
सडक बन्ने चर्चा चलेदेखी यातायात चढ्ने सपना देखेका ब्यासबासीको सपना पुरा गर्न कुनै सासंद मन्त्रीले ठोस पहल गर्न सकेन । पहिलो पटक प्रधानमन्त्री हुदा देशभरीका तुईन बिस्तापन गर्ने योजना अघि सारेका बर्तमान प्रधानमन्त्री केपी सर्मा ओलीको बोली योजना समेत बोलीमै सिमित रहेको ब्यासका स्थानिय दिपक खातीको दुखेसो छ । भारत भ्रमण हुदा महाकालीमा पूल निमार्णकालागी ठोस पहल हुने आशा बोकेका ब्यास बाकीले हरेक भ्रमणपछि निरास बनेर तुइनकै साहारामा दैनिकि आवतजावत गर्नुपर्ने बाध्यता छ ।
तुइनको ज्यानमारा यात्रा बाध्यता बनेको छ, हरेक बर्खामा आधा दर्जन मानिसले अकालमै ज्यान गुमाउँनु पर्दा समेत सरकारले पुल निमार्ण गर्न कुटनितिक पहल नगरेको प्रति ब्यास बासिको गुनासो छ । आधा दर्जन ठाउँमा निमार्ण हुने भनिएका झोलुङगे पुलहरुको निमार्ण कार्यसमेत ठप्प हुदा स्थानिय निरास बनेका छन् ।

Leave A Reply

Your email address will not be published.