महाकालीमा ४ ओटा काठेपूल निर्माण हुदै

0

दार्चुला । नेपाल भारत सिमा नदी महाकालीमा ४ ओटा काठेपुल निमार्ण हुने भएका छन् । भारतीय र नेपाली दुबै पक्षको मागको आधारमा चार स्थानमा काठेपुल निमार्ण हुन लागेका हुन् ।
भारतको पिथौरागढ जिल्ला अन्तर्गत धारचुला तहशिलको उत्तरी क्षेत्रमा पर्ने लखनपुर र नजांग दुई ठाउँमा काठेपूल लगाउन गत बिहिबार भारतीय पक्षले माग गरेपछि बुधबार गृह मन्त्रालयबाट अनुमति आएको छ । दुबै देशका स्थानीयको साँझा समस्या र मागलाई ध्यानमा राखेर अन्तरराष्ट्रिय सीमानदी महाकालीमा केहि समयका लागि काठेपुल लगाउन दिने अनुमति दिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।
पिथौरागढ जिल्ला अन्तरगत धारचुलाको उत्तरी क्षेत्र तहसिलका नागरिकहरुको बसाइसराई र मानसरोबर जाने तिर्थयात्रीहरुको यात्रा सहज बनाउँन अस्थाई काठेपुलको माग गरीएको थियो । स्थानियको समस्यालाई मध्यनजगर गरेर मन्त्रालयबाटसमेत अनुमति आइसकेपछि पुल लगाउँन सकिने बिषयमा भारतिय प्रशासनलाइ जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
भारतीय क्षेत्रमा कालापानी सम्म पुग्ने सडक निर्माण भैइरहेका कारण बसाई सराई गर्न स्थानियलाइ समस्या भएको भन्दै भारतीय पक्षले महाकाली नदीको दुई स्थानमा अस्थायी काठेपुल लगाउन नेपाली पक्षसंग अनुमति माग गरेअनुसार नै अनुमति दिइएको छ ।
यसैबिच दार्चुलाको ब्यास गाउँपालिकाका स्थानियलेसमेत महाकालीको दुई ठाउँमा पुल लगाउँन भारतीय पक्षसंग अनुमति माग गरेका थिए । ब्याँस गाउँपालिकाको माल र दुम्लिङ्गमा अस्थायी काठेपुल लगाउने विषयमा अनुमति माग गरीएकोमा भारतीय एसडिएमले पुल निर्माण गर्न सकिने मौखिक सहमति जनाएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए । सौका समुदायको खलंगा बसाई सराई गर्नुपर्ने र महाकाली पार गरेर भारतीय बजारमा जानुपर्ने स्थानियको बाध्यताका कारण सहजताका लागी दुई ठाउँमा अस्थायी काठेपुलको अनुमति माग गरीएको ब्यासका स्थानिय राकेश बुढाथोकीले बताए । भारतीय पक्षले समेत मैखीक अनुमति दिइसकेको कारण केहि समयकालागी पुल निमार्ण गर्न सकिने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।
ब्यासका सौका समुदायका नागरिकहरु चिसो छल्न ६ महिना जिल्ला सदरमुकाम खलंगा र ६ महिना ब्यास तथा तिंकर बस्दै आएका छन् । चिसो बढ्न थालेसंगै हिमपात हुने समयमा ब्यासका सबैजसो स्थानिय खलंगा बसाइ सर्ने गरेकालाइ आवतजावत गर्न सहज होस भन्नकालागी पुल निमार्णको माग गरेका हुन ।
महाकाली नदीमाथि झोलुङगे पुल निमार्ण नहुदा काठेपुल र तुइनको साहारामा नदी वारपार गर्ने मानिसहरुले अकालमै नदीमा बगेर ज्यान गुमाउँन समेत बाध्य छन । तुइन र काठेपुल बिस्थापीत गरेर आबश्यक ठाउँमा सुरक्षा ब्यवस्था सहित झोलुङगे पुल निमार्ण गर्न दुबै देशका सरकारले पहल गर्नुपर्ने ब्यासबासीको माग रहेको छ ।

You might also like
Loading...