३४ औ वार्डेन सेमिनार १२ बुँदे संकल्प प्रस्ताब पारित गर्दै सम्पन्न

यो खवर सबैसम्म पुर्‍याउन शेयर गर्नुहोस्
  • 150
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    150
    Shares

लोकेन्द्र प्रशाद जोशी/३ फागुन-दार्चुला । मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण तथा व्यवस्थापनका लागि भावी कार्यदिशा मूल नाराका साथ शुरु भएको ३४ औ राष्ट्रिय वार्डेन सेमिनार तथा १६ औ मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको बैठक दार्चुलामा सम्पन्न भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र रहेको दार्चुला जिल्लामा पहिलोपटक बुधबारबाट शुरु भएको सेमिनार १२ बुँदे सकल्प प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।

देशभरका संरक्षणकर्मीहरुको सहभागितामा जिल्लामा पहिलो पटक आयोजित वार्डेन सेमिनार बिगतको समिक्षा र भावी कार्यदिशा तय गर्दै सम्पन्न भएको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिनुभयो । गत वर्ष ६० प्रतिशत अपेक्षित उपलब्धी हासिल गरेको सम्मेलनको निष्कर्ष छ ।

यो बर्ष सम्मेलनले मानव बन्यजन्तु द्धन्द्ध व्यवस्थापन रणनीति तयार गर्ने पहिलो शंकल्प प्रस्ताब पारित गरेको छ । रणनीतिमा नीतिगत कार्यबिधि बनाउँने र कार्यगत कुराहरु समेटिएका छन ।

यस्तै दोस्रो नम्बरमा मानव, बन्यजन्तु द्धन्द्ध बढ्दै गइरहेको हुनाले अगामी दिनहरुमा मानब र बन्यजन्तुबिचको द्धन्द्ध कम गर्ने र समस्याग्रस्त वन्यजन्तुलाइ शुरक्षित रुपमा नियन्त्रणमा लिने र नियन्त्रणमा लिएका बन्यजन्तुहरुलाई कम्तीमा पनि एउटा प्रदेशमा एउटा उद्धार केन्द्र स्थापना गरेर उद्धार केन्द्रहरुलाई दिगो रुपमा सञ्चालन गर्न पर्यटकिय गतिबिधिहरु सञ्चालन गर्ने प्रस्ताव पारित भएको छ ।

तेस्रो बुँदामा परिवर्तित शासकीय स्वरुप अनुसार संघियसँगै संस्थागत संरचना बनाउँदा प्रदेश र स्थानीय सरकारसंग पनि समन्वय गरेर बिज्ञहरुको शुझावको आधारमा खाका बनाउँने संकल्प गरिएको छ । चौथो बुँदामा विकास निमार्ण गर्दा संरक्षित क्षेत्रभित्र पर्ने असरलाई न्युनिकरण गर्न वातावरणीय सेवा शुल्क निर्धारण गर्ने प्रस्ताव गरिएको छ । पाँचौमा संरक्षित क्षेत्रका प्राबिधिक, प्रशासनिक र हात्तिसार क्षेत्रका कर्मचारीहरुको सुबिधामा एकरुपता ल्याउँने र जिल्ला दररेट अनुसार रासन खर्च निर्धारण गर्ने प्रस्ताव गरेको छ ।

छैटौ बुँदामा चोरी सिकारी नियन्त्रण गर्नको लागी संरक्षित क्षेत्रमा रियल टाइम पेट्रोलिङ लागू गर्दै जोइन्ट अपरेसन रुमलाई बिस्तार गर्ने प्रस्ताब गरिएको छ । सातौ बुँदामा जनशक्ति ब्यबस्थापन गर्न तालिमको आयोजना गर्ने प्रस्ताव छ ।

यस्तै प्रकृति संरक्षणमा खटिएका नेपाली सेनाहरुको कामलाई थप सहज र सरल एब. जिम्मेवार बनाउँन थप प्रकृति संरक्षण निर्देशिका स्वीकृत गर्न पहल गर्ने प्रस्ताव गरिएको छ । नौ नम्बर बुँदामा राष्ट्रिय निकुञ्ज संरक्षण ऐनलाई समयसापेक्ष परिमार्जन गर्ने र दार्चुलामा रहेको अपिनाम्पा संरक्षण क्षेत्र ब्यबस्थापन नियमावली तर्जुमा गरेर लागू गर्ने प्रस्ताव पारित गरिएको सूचना अधिकारी रुपाखेतीले बताउँनुभयो ।

यस्तै दश नम्बर बुँदामा यसअघि सम्बन्धित निकुञ्ज आरक्षले आर्जन गरेको कुल रकममध्ये ५० प्रतिशत रकमलाई सतप्रतिशत मानी ३० प्रतिशत शंरक्षणमा, ३० प्रतिशत सामुदायिक बिकास, २० प्रतिशत आय आर्जन तथा सिप बिकासमा, १० प्रतिशत संरक्षण शिक्षा र १० प्रतिशत प्रसासनिक खर्च गर्ने अवधारणा भएकोमा यो बर्षदेखी आम्दानीमध्ये मानव बन्यजन्तु द्धन्द्ध न्युनिकरणका लागी पुर्बाधार तयार गर्ने र राहत शीर्षकमा समेत खर्च गर्नकोलागी शंसोधन गर्ने प्रस्ताव गरिएको छ ।

निकुञ्ज भित्र र निकुञ्जको मध्यवर्ती क्षेत्रमा मानव बन्यजन्तुको टट्कारो समस्या देखिएका क्षेत्रका बस्तीहरुलाई स्थानान्तरण गर्न अध्ययन कार्यदल गठन गर्ने प्रस्ताब गरिएको छ । यस्तै एघार नम्बर बुँदामा स्थानीय तहमा रहेका नदिजन्य पदार्थहरुको स्थानीय तहहरुसँग समन्वयमा संरक्षण र प्रयोग गर्ने प्रस्ताव गरिएको छ । भने वाह्रौ बुँदामा हात्तिसार सेवामा काम गर्ने कर्मचारीहरुलाई लोकसेवाबाट कर्मचारी ब्यबस्थापन गर्ने प्रस्ताब पारित गरेको छ । सम्मलेनले गरेको संकल्प प्रस्ताव अनुमोदन भएपनि लागू गरिने राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका सूचना अधिकारी नारायण रुपाखेतीले बताउँनुभयो ।


यो खवर सबैसम्म पुर्‍याउन शेयर गर्नुहोस्
  • 150
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    150
    Shares
  •  
    150
    Shares
  • 150
  •  
  •  
  •  
  •  
  •  
  •   
  •   
  •  

प्रतिक्रिया तल लेख्नुहोस्

Be the first to comment on "३४ औ वार्डेन सेमिनार १२ बुँदे संकल्प प्रस्ताब पारित गर्दै सम्पन्न"

Leave a comment

Your email address will not be published.


*