स्थानीय युवाहरुद्धारा लेखा प्रमुख माथि हातपात

सुनिता भट्ट बैतडी ।

बैतडीको सुर्नया गाउँपालिकाका लेखा प्रमुख भवानी प्रसाद भट्टमाथी स्थानीय युवाहरुले कार्यालय परिसर भित्रै हातपात गरेका छन् ।

शुक्रबार दिउसो १ बजेको समयमा ३, ४ जना युवाको समुह कार्यकक्ष भित्र प्रवेस गरि गाली गलौज गर्नुका साथै हातपात गरेको प्रमुख भट्टले जानकारी दिए ।

विना कुनै प्रशंग युवाहरुले एकासी गाली गलौज गरे र सिधै हातपात गरे भट्टले भन, मेरो मोबाईल फुटेको छ, लुगा च्यातिएको छ ।

विना प्रशंग आफुमाथि भएको यो घटनाले आफुलाई अशुरुक्षा भएको भन्दै लेखा प्रमुखले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बैतडीलाई शुरुक्षाको माग समेत गरेको छ ।

गाउपालिका अध्यक्ष बिर बहादुर बिष्टले भने प्रहरीलाई खबर गरिएको र यसबारे छानबिन गरिने बताए ।

Leave A Reply

Your email address will not be published.