नेपाल पर्यटन पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भट्टराई

0

डडेल्धुरा । नेपाल पर्यटन पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा अमर भट्टराई चयन भएका छन् । शुक्रबार डडेल्धुरामा सम्पन्न नेपाल पर्यटन पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको पहिलो अधिवेशनले भट्टराईलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा ललित केसी, महिला उपाध्यक्षमा लक्ष्मी ऐर, महासचिवमा कृष्ण सिह धामी, खुला सचिवमा पदमबहादुर सिंह, समावेशी महिला सचिवमा भागेश्वरी शाह, कोषाध्यक्षमा गणेशबहादुर मगर सर्वसम्मत चयन भएका छन् । यस्तै समितिको खुला सदस्यमा पुस्कर भट्ट, महिला सदस्यमा भुवि विष्ट, शर्मिला धामी र दलित सदस्यमा प्रकाश पार्की चयन भएका छन् । दुई खुला सदस्य, आदिवासी सदस्य र अल्पसंख्यक सदस्य पछि समितिले चयन गर्नेछ । समितिको कार्यकाल तीन वर्ष हुनेछ ।

 

You might also like
Loading...