मानस-खण्ड दार्चुला धार्मीक महा-महोत्सवको तयारी अन्तिम चरणमा (फाेटाेफिचर)

दार्चुला । कार्तिक ८ गते बिहिबार देखी १५ गते सम्म जिल्ला सदरमुकाम खलंगा स्थीत महेन्द्र नमुना माध्यमिक विद्यालयको प्रांगणमा आयोजना गरिन लागेको मानस खण्ड दार्चुला धार्मीक महा महोत्सवको तयारी भइरहेको छ । विद्यालयको शैक्षिक एवं सर्वाङ्गीण विकासका लागी आयोजना गरिन लागेको उक्त महोत्सवको तयारी तिब्र पारिएको खलंगा माबिका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिनुभयो ।

तयारी अन्तरगत विभिन्न मण्डवहरुका साथै मञ्च निर्माणको काम भइरहेको छ । राष्ट् शान्ति पितृमोक्ष, सहस्त्र सालिग्राम पूजा अर्चना बिराटमय संगीतका साथ हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणका पुगेको उहाँले बताउँनुभयो । महा महोत्सव सञ्चालनका लागी सदरमुकाम स्थित महेन्द्र्र नमुना मावि परिषर लाई व्यवस्थित गर्ने तथा मञ्च सजावटको काम भइरहेको छ ।

महोत्सवमो कलस राख्नेहरुको संख्यामा समेत वृद्धी हुदै गइरहेको छ । महोत्सवमा राखिने कलसको हजारौं मन्त्रहरुद्धारा पुजन हुने तथा उक्त कलसलाई घरमा लगेर राख्दा जीवनभर कमाएको पाप नष्ट भई पूण्य प्राप्ति हुने महोत्सवव मुल आयोजक समितिले जनाएको छ । महोत्सवबाट उठेको रकम विद्यालयको शैक्षिक एवं सर्वाङ्गीण क्षेत्रको विकासका लागी खर्च गरिने भएकाले महोत्सवमा कलस राखी सहयोग गर्न महोत्सव आयोजक मूल समितिले सबैमा आग्रह गरेको छ ।

धार्मीक महामहोत्सब अन्तरगत ८ गते बिहान १० बजे कलस यात्रा तथा सास्कृतिक झाकी, दिउँसो १२ बजे प्रतिनिधिसभा सदस्य गणेश सिह ठगुन्नाबाट उद्घाटन भएपश्चात १५ गतेसम्म योग शिबिर, धार्मीक प्रबचन, नैतीक शिक्षा लगायत बिभिन्न कार्यक्रम सञ्चालन हुने प्रधानाद्यापक जोशीले बताउँनुभयो ।

Leave A Reply

Your email address will not be published.