मानसखण्ड दार्चुला धार्मिक महामहोत्सव शुरु (फोटोफिचर)

दार्चुला । महेन्द्र नमुना माबि खलंगाको शैक्षिक बिकासका साथै धर्म जागरण, आत्मा शान्ती र समाज बिकासकालागी मानसखन्ड दार्चुला धार्मिकमहामहोत्सब शुरु भएको छ । बिहिबार एक औपचारीक कार्यक्रमकाबिच उद्घाटन भएको महामहोत्सब १५ गते सम्म महेन्द्र नमुना माबिको प्रांगणमा सञ्चालन भइरहेको हो ।


निकै झकिझकाउका साथ उद्घाटन गरिएको मानसखण्ड दार्चुला धार्मिक महामहोत्सवको कलश यात्रा नेपाल भारत दुवै ठाउँमा गरिएको छ । पहिलो पटक आयोजना गरिएको महामहोत्सवमो कलश यात्रा महेन्द्र मावि खलंगाको मूल गेटबाट शुरु भएर भारत उत्तराखण्डको धारचुला हुँदै फर्किएको थियो । एक देशको कलश यात्रा अर्को देशमा गएर यात्रा गरिएको दार्चुलाको लागि नौलो हो ।


बिद्यालयलाइ राष्ट्रमै नमुना बिद्यालयकोरुपमा स्थापित गर्नुकासाथै नैतिक शिक्षाको प्रबद्र्धन, मन्दीर निमार्ण, शैक्षिक बिकास र धर्मलाइ बिज्ञानसंग जोडेर समाज परिवर्तन गर्न महामहोत्सबको आयोजना गरीएको महेन्द्र माबि खलंगाका प्रधानाद्यापक रामदत्त जोशीले बताउँनुभयो ।
महाँमहोत्सबमा प्रतेक दिन बिहाँन ५ बजेदेखी योग शिबिर, धार्मीक प्रबचन, नैतीक शिक्षा लगायत बिभिन्न कार्यक्रम सञ्चालन हुने भएकोले महोत्सब अवधिभर सहभागि भइ धार्मीक ज्ञान प्राप्त गर्न आयोजक र अतिथिहरुले आग्रह गरेका छन् ।


धार्मीक महायज्ञमा राष्ट्र शान्ति, पितृमोक्ष, सहस्त्र सालिग्राम पूजा अर्चना, बिराटमय संगीतका साथ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सम्पुर्ण तयारी गरीएको छ । माबि खलंगामा चालु शैक्षिक सत्रबाट प्राबिधिक बिषय अन्तरगत सिभिल इन्जिनियरीङ बिषयको पढाइ शुरु गर्न लागेका कारण आर्थीक सहयोग पुग्ने उदेश्यले समेत महोत्सबको आयोजना गरीन लागेको हो । बिद्यालयलाइ प्राबिधिक शिक्षालयको रुपमा स्थापना गर्न महोत्सबले महत्तपुर्ण भुमिका निर्बाह गर्ने र प्रदेश सरकारको तर्फबाट हुनसक्ने सहयोगकोलागी पहल गर्ने सुदूरपश्चिम प्रदेशसभा सदस्य मान बहादुर धामीको भनाई छ ।


प्रदेश सरकारबाट चालु आर्थीक बर्षमा महेन्द्र नमुना माबिको घेरपर्खाल निमार्णकोलागी ५ लाख रुपैया र सडक बालबालिकाको संरक्षणकालागी ९ लाख रुपैया बजेट बिनियोजन भएको महोत्सब उद्घाटन समारोहका प्रमुख अतिथि एबं प्रदेश सभा सदस्य गेल्बु सिह बोहराले बताउँनुभयो । उहाँले महेन्द्र माबिको सर्बाङणिय बिकासकालागी ब्याक्तिगत रुपमा र प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आफुले आर्जन गरेको केहि प्रतिषत रुपैया समाज सेवा र शैक्षिक बिकासमा खर्च गर्न सबैलाइ आग्रह समेत गर्नुभएको छ ।


महोत्सब उद्घाटन समारोहका सभापति एबं जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीले धर्मलाइ राजनीति र राजनीतिलाइ समाज सेवासंग जोडेर समाज परिवर्तन गर्नसक्नुपर्ने धारणा राख्नुभयो ।
सतकर्म र सद्विचारका साथ सञ्चालन गरिएको मानसखण्ड दार्चुला धार्मिक महामहोत्सवमा पहिलो दिन जनसहभागिता सोचे अनुरुप हुन सकेको छैन् । जिल्लामै नैतिक र धार्मिक शिक्षाबाट समाज परिवर्नतनको लागि सबैले महा महोत्सवमा सहभागि जनाउन आयोजकले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.