अाजको राशिफल

मेषः स्वास्थ्य केही कमजोर देखिएला । धन मालबस्तुको हानी होला । नजिकका व्यक्तिसँग मनमुटाव हुन सक्ला । मानसिक चिन्ता पर्ला । अपमान सहनु पर्ला ।

वृषः अतिथि सेवा गर्ने मौका मिल्ला । धन मालबस्तु अलङ्कार प्राप्त होलान् । स्वादिष्ट भोजन प्राप्त होला । मनमा उत्साह रहला । मनोरञ्जनात्मक क्षेत्रमा खर्च होला ।

मिथुनः विशिष्ट व्यक्तिबाट सुख प्राप्त होला । मनमा शान्ति मिल्ला । आर्थिक पक्ष मजबुत बन्ला । मनमा उत्साह बढ्ला । थालेका काम सफल होलान् ।

कर्कटः प्रशासनिक क्षेत्रमा साथ नरहला । घरपरिवारका सदस्यबाट धोका होला । दुःखपूर्ण तरिकाले काम सम्पन्न होला । ठाउँ परिवर्तन गर्नु पर्ला ।

सिंहः आर्थिक संकट सामना गर्नुपर्ला । रोगले सताउला । चिन्ता बढेर जाला । विरोधीले काममा बाधा गर्लान् । धननाश हुनाले मनमा चिन्ता पर्ला । कष्टकर यात्रा गर्नु पर्ला ।

कन्याः नयाँ इष्टमित्रसँग भेट होला । महत्वपूर्ण कार्य सम्पन्न होला । मनमा उत्साह बढ्ला । व्यापार तथा व्यवसायबाट प्रगति होला । सुख प्राप्त होला ।

तुलाः विरोधी कमजोर होलान् । मित्रको सहयोग प्राप्त होला । उद्योग व्यवसाय गर्न जाँगर वृद्धि होला । धनमाल प्राप्त होला । मनमा हर्ष होला । नसोचेको काम बन्ला ।

वृश्चिकः गरेका काम बिग्रेर मानसिक तनाव सहनु पर्ला । यात्रामा बाधा आउला । आन्तरिक शक्ति निस्तेज होला । स्वास्थ्यमा समस्या देखिएला । पारिवारिक स्वास्थ्यको विषयमा खर्च होला ।

धनुः शारीरिक समस्या केही बढ्ला । वादविवादबीच काम सम्पन्न होला । सहयोगीबाट सोचेअनुसारको सहयोग नपाइएला । स्वार्थी व्यक्तिको फन्दामा परिएला ।

मकरः नसोचेका ठाउँमा सफलता प्राप्त होला । धन मालबस्तुहरु आउलान् । नयाँ काम गर्ने जोश जाँगर मिल्ला । इष्टमित्रबाट सुख प्राप्त होला ।

कुम्भः पठनपाठन क्षेत्रमा हानी होला । आफन्तले सहयोग गर्लान् । अशुभ समाचार सुन्नुपर्ला । मनमा दिक्दारी बढ््ला । धन मालबस्तु हानी होला ।

मीनः अन्न तथा बस्त्र लाभ होला । विशिष्ट व्यक्तिसँग भेटघाट रहला । दौडधुप गरेअनुसार काम सम्पन्न होला । मानसम्मान तथा मिष्ठान्न भोजन प्राप्त होला ।

Leave A Reply

Your email address will not be published.