प्रिन्स महायज्ञमा सम्मानीत (५ तस्बिर)

दार्चुला । दार्चुलाका कान्छा व्याटमिन्टन खेलाडी प्रीन्स दाहाल गृह जिल्ला दार्चुलामा सफल भएका छन् । मानसखण्ड दार्चुला धार्मिक महामहोत्सवको दोस्रो दिन प्रिन्सलाइ सम्मानपत्र र दोसल्लाद्धारा सम्मानित गरीएको हो ।
महामहोत्सव मुल आयोजक समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख करबीर बहादुर कार्की, महाकाली नगरपालिका प्रमुख हंसराज भट्टले सयुक्त रुपमा सम्मानपत्र प्रदान गर्नुकासाथै दोसल्ला ओडाएर र प्रमुख कथाबाचक महाराज किशोर शरणले टिका लगाइ आर्शिबाद दिएर सम्मानित गरेका हुन् ।
दार्चुलाको सान प्रिन्सले दुबईमा सञ्चालन भएको १५ बर्ष मुनिको अन्तरराष्ट्रिय व्याटमिन्टन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका थिए । राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा एकदर्जन बढी व्याटमिन्टन प्रतियोगितामा अहिलेसम्म प्रीन्सले सफलता प्राप्त गरीसकेको प्रिन्सका बुबा नारायण दाहालले बताउँनुभयो ।
यसअघि प्रिन्सलाइ महाकाली नगरपालिकाले समेत सम्मानित गर्ने निर्णय गरेको छ ।

Leave A Reply

Your email address will not be published.