२०७५ साल कात्तिक ११ देखि १७ गतेसम्मको राशिफल

मेष राशिः मान्यजनबाट आशीर्वाद प्राप्त होला । धनमाल बस्तु प्राप्त होला । व्यवसायबाट लाभ होला । शुभकार्य गर्ने अवसर मिल्ला । मनमा हर्ष होला । मिष्ठान्न भोजन प्राप्त होला । स्वास्थ्यमा केही बाधा होला । धनहानि होला । झन्झटिलो यात्रा गर्नुपर्ला । बेकारको दौडधुप र हैरानी रहला । मानसिक चिन्ता पर्ला । अन्न तथा वस्त्रको लाभ होला । विशिष्ट व्यक्तिसँग भेट होला । मानसम्मान तथा मिष्ठान्न भोजन प्राप्त होला ।

वृष राशिः शुरुमा समय प्रतिकूल रहला । स्थान परिवर्तन गर्नुपर्ला । राज्यपक्षबाट सहयोग नहोला । आम्दानी भन्दा खर्च बढी होला । धैर्यपूर्वक गरेका काम मात्र सफल होलान् । आँटेका काम बन्दै जालान् । विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । मानसम्मान प्राप्त होला । मनमा उत्साह बढ्ला । व्यवसायबाट मनग्य आम्दानी होला । स्वास्थ्य केही कमजोर देखिएला । नजिकका व्यक्तिसँग मनमुटाव हुन सक्ला । मानसिक चिन्ता पर्ला अपमान सहनु पर्ला ।

मिथुन राशिः समय संघर्षपूर्ण रहला । थालेका काम बीचैमा अपूरा होलान् । आम्दानीका लागि धेरै संघर्ष गर्नु पर्ला । कष्टपूर्ण यात्रा होला । प्रतिकुलताका बाबजुत पनि केही सफलता होला । राज्यपक्षबाट केही लाभ होला । शरीरमा आलस्यता रहिरहला । आफ्ना नजिकका व्यक्तिसँग वादविवाद हुनसक्ला । सामान्य किसिमका चोटपटक पनि लाग्न सक्ला । मन खिन्न होला । विशिष्ट किसिमका सहयोग प्राप्त होला । आँटेका काम सफल होलान् । मानसम्मान प्राप्त होला । मनमा हर्ष रहला । अतिथिको सेवा गर्ने मौका मिल्ला । स्वादिष्ट भोजन प्राप्त होला । मनमा उत्साह रहला । मनोरञ्जनात्मक क्षेत्रमा खर्च होला ।

कर्कट राशिः नसोचेका काम बन्लान् । लाभकारी यात्रा शुरुवात होला । व्यापार व्यवसायबाट मनग्य आम्दानी होला । विरोधी निष्क्रिय होलान् । गरेका काम सफल होलान् । शरीरमा विभिन्न किसिमका रोग लाग्लान् । पेटसम्बन्धी समस्याले सताउलान् । विरोधी सक्रिय रहलान् । धनमाल नष्ट होला । आर्थिक संकटले मनमा चिन्ता जमाउला । राज्यपक्षबाट भय होला । घरपरिवारसँग मनमुटाव होला । मानसिक चिन्ता पर्ला । आकस्मिक धन हानी होला । विशिष्ट व्यक्तिबाट सुख प्राप्त होला । मनमा शान्ति मिल्ला । आर्थिक पक्ष मजबुत बन्ला । मनमा उत्साह बढ्ला । थालेका काम सफल होला ।

सिंह राशिः धन आम्दानी होला । मिष्ठान्न भोजन प्राप्त होला । परिवारका सदस्यहरुले विशिष्ट कार्यमा प्रगति गर्लान् । नसोचेको क्षेत्रबाट सहयोग होला । आर्थिक आम्दानीका नयाँ बाटो पत्ता लाग्ला । पठनपाठनमा अरुचि बढेर जाला । पुत्र तथा परिवारबाट धोका होला । मानसिक चिन्ताले सताउँदा मनमा बेचैनी पैदा होला । व्यावसायिक क्षेत्रबाट सफलता प्राप्त होला । स्वास्थ्य क्षेत्रमा प्रगति होला । नयाँ इष्टमित्रसँग भेट होला । महत्वपूर्ण कार्य सम्पन्न होला । मनमा उत्साह बढ्ला । व्यापार तथा व्यवसायबाट प्रगति होला । सुख प्राप्त होला ।

कन्या राशिः सहकर्मीले साथ देलान् । नसोचेको ठाउँबाट प्राप्त होला । सम्मान बढेर जाला । परिवारमा झमेला आइपर्ला । आर्थिक हानी होला । आर्थिक समस्या आइपर्ला । शारीरिक स्वास्थ्यले सताउला । मानसिक अशान्ति बढ्ला । पठनपाठनमा अरुचि देखेर घरपरिवारका सदस्यबाट धोका होला । परिवारका सदस्य बिरामी पर्न सक्लान् । विरोधीहरु कमजोर होलान् । मित्रहरूको सुखद तथा सहयोग प्राप्त होला । उद्योग व्यवसाय गर्न जाँगर वृद्धि होला । धनमाल प्राप्त होलान् । मनमा हर्ष होला । नसोचेको काम बन्ला ।

तुला राशिः शुरुमा आफन्तबाट धोका मिल्ला । पठनपाठनमा प्रगति होला । मनमा असन्तोष रहला । आलस्यताले काम बिग्रेला । पराक्रमले काम सम्पन्न होला । धनलाभ होला । लत्ता कपडा प्राप्ति होला । प्रशन्नता छाउला । बुद्धिले गरेका काम सफल होला । साथी संगतीसँग झगडा होला । मानसिक चिन्ता पर्ला । शारीरिक शक्ति निस्तेज होला । स्वास्थ्यमा समस्या देखिएला । पारिवारिक  स्वास्थ्यको विषयमा खर्च होला ।

वृश्चिक राशिः शुरुम विरोधीहरु निष्क्रिय हुँदै जालान् । उद्योगधन्दाबाट गरेका काम सम्पन्न होलान् । मानसम्मान पनि बढेर जाला । समयअनुकूल भएर बित्ला । नजिकका व्यक्तिबाट सुख सहयोग प्राप्त होला । मानसम्मान प्राप्त होला । व्यापार व्यवसायबाट विशेष लाभ होला । मिष्ठान्न भोजन प्राप्त होला । समय केही प्रतिकुल बन्ला । धनमाल नष्ट होलान् । शत्रुले काममा बाधा गर्लान् । रोगको डर रहला । शारीरिक स्वास्थ्यका समस्याले सताउला । असन्तोष बढेर जाला । प्रशासनिक क्षेत्रबाट असहयोग होला । धर्म तथा भाग्यले पनि साथ नदेला । घर परिवारका सदस्यबाट धोका मिल्ला । दुःखपूर्ण तरिकाले काम सम्पन्न होला ठाउँ परिवर्तन गर्नु पर्ला ।

धुन राशिः शुरुवाती दिन केही प्रतिकुल रहला । गरेका काम बिग्रेला । परिवारबाट नसोचेका क्षेत्रमा आर्थिक क्षति होला । कार्य गर्न आवश्यक जगरुकता नहोला । शरीर त्यसै आलस्य रहला । पठनपाठनमा प्रगति नहोला । कार्यव्यापार तथा व्यवसायबाट लाभ होला । जोश जाँगर बढेर जाला । मानसम्मानमा वृद्धि होला । मित्रजन जनबाट सहयोग र सुख प्राप्त होला । धन लाभका नयाँबाट बाटा भेटिएला । परिश्रमको फल प्राप्त होला । इष्टमित्रबाट सुख होला । साथीभाइहरुले आर्थिक सहयोग गर्लान् । यात्रामा विशेष लाभ प्राप्त होला । व्यापार भोजन तथा निन्द्रामा विशेष आनन्द प्राप्त होला । अन्त्यतिर आर्थिक संकटको सामना गर्नुपर्ला । रोगले सताउला । समस्या बढेर जाला । विरोधीहरुले काममा बाधा गर्लान् । धन नाश हुनाले मनमा चिन्ता पर्ला । कष्टकर यात्रा गर्नु पर्ला ।

मकर राशिः शुरुमा समय अनुकूल रहला । गरेका काम सफल होलान्, धनमाल बस्तुहरु प्राप्त होला । मित्रजनबाट सहयोग मिल्ला । काम गर्दागर्दै पनि असफल भइएला । पठनपाठनको क्षेत्र कमजोर बन्ला । आम्दानीका नयाँ बाटा भेटिएलान् । गरेका काममा सफलता प्राप्त होला । आकस्मिक यात्राको योग बन्ला । धैर्य पूर्ण तरिकाले गरेका काम सफल होला । वादविवादबीच काम सम्पन्न होला । सहयोगीबाट सोचेअनुसारको सहयोग नपाइएला । स्वार्थी व्यक्तिहरूको फन्दामा परिएला ।

कुम्भ राशिः शुरुमा अनावश्यक खर्च होला । लेनदेनमा नजिकका व्यक्तिसँग मनमुटाव होला । नसोचेका व्यक्तिबाट अपमान व्यहोर्नु पर्ला । मनमा अशान्ति रहला । आरोप लाग्ला । समस्या केही सामान्य होला । सुख्खा होला । मानसम्मान बढेर जाला । हासखेल गरेर दिन बित्ला । धनमाल बस्तुहरु प्राप्त होलान् । अशुभ समाचार सुन्नुपर्ला । मनमा असन्तोष बढ्ला । शरीरमा आलस्यताको महसुस होला । नसोचेका ठाउँमा सफलता प्राप्त होला । धन मालबस्तुहरु आउलान् । नयाँ काम गर्ने जोश जाँगर मिल्ला । इष्टमित्रबाट सुख प्राप्त होला । अरु दिन सामान्य रहला ।

मीन राशिः शुरुमा शुभ समाचार प्राप्त होला । परोपकार गर्ने मौका मिल्ला । सहयोगी भावना विकास होलान् । अलंकार प्राप्त होलान् । आफन्तले साथ देलान् । आर्थिक पक्ष केही कमजोर होला । मानसिक चिन्ता तथा असन्तोष रहला । गरेका काम अपुरा होलान् । दिन केही सुखद रहला । मनोरञ्जनात्मक क्षेत्रमा खर्च होला । सम्मान प्राप्त होला । मनमा उत्साह बढ्ला । नयाँ काम थाल्ने योजना बन्ला । साथीभाइहरुले सहयोग गर्लान् । अशुभ समाचार सुन्नुपर्ला । मनमा दिक्दारी मात्र लाग्ला ।

Leave A Reply

Your email address will not be published.