एपिएल क्रिकेटमा मंगलबार सेमिफाइनल खेल

दार्चुला । अपीहिमाल गाउँपालिकाको खण्डेश्वरीमा शुरु भएको अपी प्रिमियर लिग (एपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सेमिफाइनलका खेल हुने भएको छ । लिगचरणका खेल सकिएसँगै मंगलबार सेमिफाइनलको खेल हुने भएको हो ।
सेमिफाइनल अन्तर्गत सोमबार वडा नम्बर ४ को तामाखानी सुपरस्टा र मल्देश किंस प्रवेश गरेका हुन् । दार्चुला जिल्लाकै सर्वाधिक धनराशीसहितको एपिएल क्रिकेट प्रतियोगिता जिल्लामै पहिलो पटक अक्सनको आधारमा खेलाडी छनौट गरि सञ्चालन भएको हो । सेमिफाइनल अन्तर्गत मंगलबार पहिलो खेल वडा नम्बर ५ को मकरकोट सुपरजाइन्टस् र मल्देश किंस बीच हुने छ भने दोस्रो खेल वडा नम्बर ३ को कापु वारियर्स र वडा नम्बर ४ को तामाखानी सुपरस्टारबीच हुने छ ।

भोलीको सेमिफाइनल प्रवेश गर्ने टिमबीच बुधबार फाइनल खेल हुने खेलकुद विकास समितिका सदस्य सचिव जनकसिह ठेकरले जानकारी दिनुभयो । सोमबार भएको लिग चरणको अन्तिम खेल वडा नम्बर ४ तामाखानी सुपरस्टार मल्देश किंस बीच भएको थियो । जसमा तामाखानी सुपरस्टारले पहिले व्याटिङ गरेको थियो । जसमा १३ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनमा समेटिएको थियो । जवाफी व्याटिङ गरेको मल्देश किंसले निर्धारित लक्ष्य १३ ओभरमा ५ विकेट गुमाए भेटयो ।

मल्देश किंसको लागि भगिरथ कार्कीले ३ ओभरमा ४ विकेट लिन सफल भए । आजको लागि कार्की म्यान आफ द म्याच घोषित भएका छन् । सात वटा टिमको सहभागिता रहेको प्रतियोगिता अपीहिमाल गाउँपालिका खेलकुद विकास समितिको मुख्य आयोजना र मल्देश क्रिकेट क्लब (एमसिसि) को सहआयोजनामा क्रिकेट सञ्चालन भएको हो । समुद्री सतहबाट २५ सय मिटर उचाईमा क्रिकेट प्रतियोगिता भइरहेको छ । प्रतियोगिताको पहिलो हुने टिमले नगद ७५ हजार रुपैयाँ तथा द्धितीय टिमले नगद ४० हजार रुपैयाँ शिल्ड मेडल तथा प्रमाण पत्र पाउने छन ।-साङकेतिक तस्बिर

Leave A Reply

Your email address will not be published.