एपिएल क्रिकेटमा सेमिफाइनलका खेल शुरु

दार्चुला । दार्चुलाको अपीहिमाल गाउँपालिकाको खण्डेश्वरीमा शुरु भएको अपी प्रिमियर लिग (एपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सेमिफाइनलका खेल भइरहेका छन् । सोमबार लिगचरणका खेल सकिएसँगै मंगलबारदेखी सेमिफाइनलको खेल शुरु भएका हुन् ।
सेमिफाइनल अन्तर्गत मंगलबार पहिलो खेल वडा नम्बर ५ को मकरकोट सुपरजाइन्टस् र मल्देश किंस बीच भइरहेको छ भने दोस्रो खेल वडा नम्बर ३ को कापु वारियर्स र वडा नम्बर ४ को तामाखानी सुपरस्टारबीच हुने आयोजकले जनाएको छ ।
दार्चुला जिल्लाकै सर्वाधिक धनराशीसहितको एपिएल क्रिकेट प्रतियोगिता जिल्लामै पहिलो पटक अक्सनको आधारमा खेलाडी छनौट गरि सञ्चालन भएको हो ।
सात वटा टिमको सहभागिता रहेको प्रतियोगिता अपीहिमाल गाउँपालिका खेलकुद विकास समितिको मुख्य आयोजना र मल्देश क्रिकेट क्लब (एमसिसि) को सहआयोजनामा क्रिकेट सञ्चालन भएको हो । समुद्री सतहबाट २५ सय मिटर उचाईमा क्रिकेट प्रतियोगिता भइरहेको छ ।
प्रतियोगिताको पहिलो हुने टिमले नगद ७५ हजार रुपैयाँ तथा द्धितीय टिमले नगद ४० हजार रुपैयाँ शिल्ड मेडल तथा प्रमाण पत्र पाउने छन ।

Leave A Reply

Your email address will not be published.