भीमदत्त नगरपालिकाले कानुन मिचेर मदिरा बेच्नेको इजाजत खारेजीका लागि सिफारिश

यो खवर सबैसम्म पुर्‍याउन शेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कञ्चनपुर १४ चैत्र । भीमदत्त नगरपालिकाले कानुन मिचेर मदिरा कारोबार गर्ने व्यवसायीको इजाजत पत्र खारेजीका लागि सिफारिश गर्ने भएको छ । नगरपालिकाले जरिवना गरिएका व्यवसायीले फेरि कानुन उल्लङ्घन गरेमा सम्बन्धित निकायलाई इजाजत खारेजीका लागि सिफारिश गर्ने कानुनी व्यवस्था गरेको छ ।

भीमदत्त नगरपालिकाले मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन कार्य विधि–२०७४ मा कारवाही सम्बन्धी यस्तो व्यवस्था गरिएको हो । कार्यविधिको परिच्छेद ४ को मदिरा बिक्री वितरण र व्यवस्थापन सम्बन्धी व्यवस्था अन्र्तगत दफा ११ मा कारवाहीको व्यवस्था गरिएको छ । कार्य विधि विपरित मदिरा बिक्री वितरण गरिए पहिलो पटक पाँच हजार, दोस्रो पटक १० हजार, तेस्रो पटक २० हजार र त्यसपछि इजाजत खारेजीका लागि सम्बन्धित निकायलाई सिफारिश गरिने प्रावधान राखिएको छ ।

कार्य विधिमा मदिरा सेवन गरी अशान्ति फैलाउने कार्यमा संलग्न व्यक्तिहरुलाई पनि जरिवनाको व्यवस्था गरिएको छ । पहिलो पटक एक हजार, दोस्रो पटक दुई हजार, तेस्रो पटक पाँच हजार र त्यसभन्दा माथि १० हजार जरिवना तोकिएको छ । भीमदत्त नगर कार्यपालिकाबाट पारित भएर कार्य विधि स्थानीय राजपत्रमा प्रकाशित गरिएको छ ।

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले मदिरा कारोबारलाई व्यवस्थित गर्नका लागि कार्य विधि बनाएर लागू गरिएको बताए । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्र्तगत स्थानीय तहले पाएको अधिकारका आधारमा मदिरा बिक्री वितरण, व्यवस्थापन तथा नियमन कार्य विधि बनाएका छौ’ मेयर विष्टले भने, ‘राजपत्रमा प्रकाशित गरी कार्यान्वयन प्रक्रियामा प्रवेश गरेका छौ ।’

व्यवसायीसहित सरोकारवाला सबै निकायले कार्य विधि पालनामा सहयोग गर्ने अपेक्षा राखिएको मेयर विष्टले बताए । चार परिच्छेदको कार्य विधिमा १५ दफा छन् । भीमदत्त नगरपालिकाका कर्मचारी, स्वयम् सेविका, आमा समूहले अनुमति विना कारोबार गरेमा वा कर्मचारीले कार्यालय समयमा मदिरा सेवन गरेको पाइएमा शत प्रतिशत जरिवना गरी विभागीय कारवाही गरिने व्यवस्था गरिएको छ ।

कार्य विधिको दफा १२ को उप दफा ३ मा जरिवाना तिर्न आनाकानी गरिए वडा र नगरपालिका कार्यालयबाट प्रदान हुने सेवा सुविधा रोक्का गरी कारवाही गर्ने प्रावधान राखिएको छ । नगरपालिकाले मदिरा कारोबारलाई व्यवस्थित गर्न नगर प्रमुखको संयोजकत्वमा मदिरा बिक्री वितरण व्यवस्थापन तथा नियमन मूल समिति गठन गरिने व्यवस्था कार्य विधिमा छ ।

नगर प्रमुखको संयोजकत्वमा हुने उप समितिमा नगर उप प्रमुख, वडा अध्यक्षबाट नगर प्रमुखले तोकेको पाँच जना, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वा प्रतिनिधि, होटल व्यवसायी संघका अध्यक्ष, आमा समूह, नागरिक संघ संस्थाबाट कम्तिमा एक जना महिला सहित नगर प्रमुखले तोकेका दुई जना, जिल्ला र नगर उद्योग बाणिज्य संघका अध्यक्ष सदस्य तोकिएका छन् । प्रमुख प्रमुख प्रशासकीय अधिकृतलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

समितिले मदिरा कारोबार बिक्री वितरण व्यवस्थित गर्ने लगायतका वडा स्तरीय व्यवस्थापन समितिलाई निर्देशन दिने, कार्य विधि लागू गर्ने, कार्य विधि विपरित गर्ने वा सेवन गर्नेलाई जरिवना गर्न लगाउने र वडा समितिको काम कारवाहीको अनुगमन गर्ने अधिकार दिइएको छ । कार्य विधिमा भीमदत्त नगरपालिकाका सबै वडामा वार्ड अध्यक्षको संयोजकत्वमा वडा व्यवस्थापन समिति गठन गरिने उल्लेख गरिएको छ ।

वडा समितिलाई कारोबार र सेवन गरिएको नगरिएको अनुगमन गर्ने अधिकार प्रदान गरिएको छ । कार्य विधिमा जरिवनाबाट अशुल हुने रकमको ५० प्रतिशत वडा समिति र बाँकी रकम मदिरा व्यवस्थापन कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ । वडा स्तरीय समितिले गरेको जरिवना रकम समेत कोषमा दाखिला गर्ने व्यवस्था गरिएको छ ।

मदिरा कारोबारका लागि समय अवधि पनि तोकिएको छ । थोक बिक्रेताले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म, खु्द्रा बिक्रेताले ९ बजेदेखि साँझ ८ बजेसम्म, बिर्को खोली बिक्री गर्ने व्यवसायीले दिउँसो २ बजेदेखि राति ९ बजेसम्म कारोबार गर्न पाउने व्यवस्था गरिएको छ । भीमदत्त नगरपालिकाको बजार क्षेत्र बाहेक सार्वजनिक स्थान, विद्यालय, स्वास्थ्य संस्था, मन्दिर लगायतका धार्मिक स्थानबाट दुई सय मिटर टाढा मात्रै कारोबार गर्न पाउने नियम बनाइएको छ ।

कार्य विधिले किराना, खाद्यान्न, तरकारी, औषधि, मासु, कपडा, फलफूल पसलमा मदिरा कारोबार गर्न नपाइने प्रावधान कार्य विधिमा छ । यसैगरी होटल रेस्टुरेन्टमा बाहिर प्रदर्शन नहुने गरी मदिरा राख्न समेत नपाइने नियम बनाइएको छ । १८ वर्ष मूनिका व्यक्तिलाई मदिरा कारोबारमा लगाउन नपाइने र अनुमति लिएका होटलमा खाना र बास क्षेत्र बाहेक छुट्टै मदिरा रेस्टुरेन्ट राख्नुपर्ने नियम बनाइएको छ ।


यो खवर सबैसम्म पुर्‍याउन शेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •   
  •   
  •  

प्रतिक्रिया तल लेख्नुहोस्

Be the first to comment on "भीमदत्त नगरपालिकाले कानुन मिचेर मदिरा बेच्नेको इजाजत खारेजीका लागि सिफारिश"

Leave a comment

Your email address will not be published.


*