लाल बहादुर धामी (अछामी बड्डा)ले ल्याए ‘अन्डी मन्डी’(भिडियोसहित)

चर्चित देउडा गायक लालबहादुर धामी (अछामी बड्डा)को नयाँ लोक पप गीत बजारमा आएको छ ।

खप्तड डिजिटल म्युजिक प्रालीको प्रस्तुती रहेको ‘अन्डी मन्डी’ बोलको गीतमा गायक लाल बहादुर धामी ‘अछामी बड्डो’ र दीपक संगम बिसीको आवाज रहेको छ। साथै गीतमा अराज केशव गिरिको -याप पनि सुन्न सकिन्छ।

यस गीतमा दीपक संगम बिसीको लिरिक्स र म्युजिक रहेको छ। ‘अन्डी मन्डी’ गीतलाई बिक्रम चौहानले निर्देशन गरेका छन्।

म्युजिक भिडियोमा लालबहादुर धामी (अछामी बड्डो), अराज केशव गिरी, दीपक संगम बिसी, अन्जली अधिकारी, र तुला कुँवरको अभिनय रहेको छ।

गीत राजधानी काठमाडौँका विभिन्न क्षेत्रमा छायाँकन गरिएको छ।

Leave A Reply

Your email address will not be published.