महाकालीमा विपद् उद्धारको अभ्यास, निरन्तरता अाबश्यक

दार्चुला । नेपाल भारत दुई देशको सीमानदी महाकालीमा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर नम्बर ५० दार्चुला र नेपाल रेडक्रस सोसाइटी दार्चुलाले विपद् उद्धार अभ्यासको प्रदर्शनी गरेको छ । मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ जौलजीविस्थित महाकाली नदीमा विपद् उद्धार अभ्यास प्रदर्शनी गरिएको हो ।
नदीमा बगेको व्यक्तिलाई कसरी उद्धार गर्न सकिन्छ भनेर सरोकारवालालाई जानकारी गराउन विपद् उद्धार सामाग्रीको अभ्यास एवं प्रदर्शनी गरिएको सशस्त्र सीमा प्रहरी बल नेपाल गुल्म हेडक्वाटर नम्बर ५० दार्चुलाका डिएसपी भीमबहादुर चन्दले बताउनुभयो । सीमा क्षेत्रको संरक्षण गर्ने दायित्सवसमेत सशस्त्र प्रहरीकै भएको कारण सशस्त्र प्रहरी बलले सीमा नदीमा प्रदर्शनी गराएको हो ।
सीमा नदी महाकालीमा गरिएको विपद्मा उद्धार अभ्यासले राष्ट्यिताको सवालमा बलियो बनाएको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले भन्नुभयो, उद्धार अभ्यास भयो यसले महाकाली नदी नेपालको पनि बराबरी हो, हामी पनि उपभोग गर्छौ भन्ने सन्देश भारतलाई समेत दिएको अध्यक्ष धामीको भनाइ छ । नदीजन्य क्षेत्रमा हुने घट्नाहरुमा सशस्त्र प्रहरीले खेल्ने भूमिका र उद्धार प्रदर्शन अभ्यासले सीमा क्षेत्रका नागरिकलाई समेत सहज हुने धामीले बताउनुभयो । यस्ता कामले निरन्तरता पाउनुपर्नेमा उहाँको जोड छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले सशस्त्र प्रहरी बल नेपाललाई विपद् उद्धार सामाग्री हस्तान्तरणसमेत गरेको छ । सशस्त्र प्रहरीसँग विपद्मा उद्धार गर्ने जनशक्ति पनि भएको र सिमा क्षेत्रमा काम गर्ने भएको कारण सशस्त्र प्रहरीलाई पहिलो जिम्मेवारीका साथ सामाग्री उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । प्रयोग भने तिनओटै सुरक्षा निकायले मिलेर गर्न सक्ने उहाँको भनाइ छ । जिल्ला विपद्को दृष्टिकोणले उच्च जोखिममा छ । विपद् जुनसुकै बेला पनि घट्न सक्छ यसको लागि आवश्यक उद्धार सामाग्री तयारी अवस्थामा राख्नुपर्ने प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउँनुभयो ।
नेपाल रेडक्रस सोसाइटी दार्चुलाका मन्त्री दिपक प्रसाद अवस्थीले जिल्लामा विपद्को क्षेत्रमा सबै सुरक्षाकर्मीको भूमिका आवश्यक रहने भन्दै अहिलेलाई पूर्व तयारी सामाग्री सशस्त्र प्रहरीलाई उपलब्ध गराइएको बताउनुभयो । महाकाली नदीमा गरिएको उद्धार सामाग्री प्रदर्शनीमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ र ७ का वडा अध्यक्ष एवं पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागिहरुले महाकाली नदीमा र्याफ्टीङ गरेका थिए ।

Leave A Reply

Your email address will not be published.