बढ्यो कृतिम फुलमालाको ब्यापार (फाेटाेफिचर)

दार्चुला । पछिल्लो केहि बर्षयता पहाडी जिल्लाहरुमा समेत प्राकृतिक फूलको उत्पादन र प्रयोग घट्दै गएको छ । शहरबजारदेखी ग्रामिण क्षेत्रमासमेत बजारमा पाइने कृतिम प्लाष्टिकजन्य फूलमालाको प्रयोग बढ्दै गएको छ ।
दार्चुला सदरमुमका खलंगामा प्राकृतिक फूल उत्पादन निकै कम हुने भएकोले अधिकांशले तिहारकोलागी कृतिम प्लाष्टिकका फुलहरु खरिद विक्री गरिरहेका छन् । तिहार नजिकिएसंगै सीमावर्ती बजार धारचुला र स्थानिय बजारमा समेत प्लाष्टिकका कृतिम फुलका मालाहरुको कारोबार शुरु भएको छ । कार्तीक २२ गते लक्ष्मी पुजा र २३ गते भाइटिका परेपछि गाउँफर्कीने मानिसहरुले प्लाष्टिकका मालाहरु खरीद गरेर लैजान थालेको ब्यापारीहरुले बताएका छन् ।


दार्चुलामा प्राकृतिक फुल उत्पादन गरी बिक्रीको राम्रो सम्भावना भएपनि बारीमा फूल लगाउँने चलन घट्न थालेसंगै सयौ रुपयाँ खर्च गरेर स्थानीय बजारबाट कृतिम र प्लास्टिकका फूलहरु खरीद एबं प्रयोग गर्न थालीएको छ । मानिसहरुले बजारबाट एक सयदेखी ५ सय रुपैयाँसम्ममा पाइने प्लास्टिकका फूलहरु खरीद गरेर गाउँ फर्कीन थालेका छन् ।
अहिले दार्चुलाको धारचुला बजारबाट सबै भन्दा बढि कृतिम फूलहरु आयात गरिएको छ । ग्रामीण भेगका गाउँहरुमा प्राकृतिक रुपमै फुलहरुको उत्पादन गरेर माला बनाउँन सकिने भएपनि उत्पादनतर्फ स्थानियको ध्यान जान सकेको छैन । साथै घर वरपर झकिझकाउ बनाउनको लागि कृत्रिम फुलको मालातर्फ आकर्षित हुने गरेको कारण समेत प्राकृतिक फुलको प्रयोग कम हुने र बजारमा महगों मूल्यमा पाइने मालाहरुको प्रयोग बढ्न थालेको छ ।

 

Leave A Reply

Your email address will not be published.